अब सिमकार्डमा पनि केवाईसी

काठमाडौं, असोज ८ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैँकमा जस्तै ‘नो योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ।

सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई विवरणलाई व्यवस्थित बनाउने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याएको खबर आजको कारोबार दैनिकले छापेको छ।

आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ।

यसअघि बैँकहरुले मात्रै अनिवार्य गर्दै आएको केवाईसी पहिलो पटक सिमकार्डमा पनि अनिवार्य गर्न लागिएको हो।

जथाभावी रुपमा सिमकार्डहरुको खरीद, बिक्री तथा वितरण गर्ने कार्यले गर्दा फोनमार्फत हुने आपराधिक गतिविधि बढेको हुँदा प्राधिकरणले केवाईसी अनिवार्य गर्न लागेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖