नेपाली कांग्रेसका  पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खु’लासा, सि’आइबीले थाल्यो अनु’सन्धान

काठमाडौं, कार्तिक ५ । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ।भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्।

उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएको विवरण सहितको खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्। यो विषयमा अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सि’आइबीले अ’नुसन्धान गरिरहेको छ।

उत्तरप्रदेश, महाराजगञ्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षको लागि कँडेल चुनाव लडेका थिए। सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचति भएका थिए।

निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाहा रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको विवरण ग’लत भए भारतको संविधानअनुसार का’रबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले श’पथमा गरेका छन्।

कँडेल भारतीय नागरिक भएको विषयमा अ’ख्तियारमा उ’जुरी परेको छ। अ’ख्तियारले यो विषयमा अ’नुसन्धान गर्न निर्दे’शन दिएपछि नेपाल प्रहरीको सि’आइबीले अ’नुसन्धान टोली खटाएको छ। तर, कँडेलले भने आफू भारतको अस्थायी बासिन्दा मात्रै भएको दा’बी गरेका छन्।

उनी कांग्रेसको तर्फबाट नवलपरासी पश्चिम २ बाटबाट निर्वाचित प्रतिनिधिसभाको सांसद हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।