चि’सो ब’ढेपछि सु’रक्षाकर्मीले गाउँ छाडे

काठमाडौं, कार्तिक ५ । चिसोमा बस्न न’सकिने भन्दै प्रहरीले उपल्लो डोल्पाको से–फोक्सुन्डो गाउँपालिका छाडेको छ। यहाँ प्रहरीको अस्थायी चौकी थियो । गाउँपालिकाले गाउँको सु’रक्षाका लागि स्थायी प्रहरी चौकीको माग गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा रामचन्द्र न्यौपानेले लेखेका छन्।

गाउँपालिका केन्द्र साल्दाङमा बस्दै आएका प्रहरी चिसो बढेपछि केही दिनअघि सदरमुकाम फर्किएका छन् । सुर’क्षाकर्मी नहुँदा अ’सुरक्षित महसुस भएको गाउँपालिका अध्यक्ष टसी टुन्डुप गुरुङले बताए ।

स्थानीय सरकारका जनप्रतिनिधि, शिक्षक, विभिन्न फाँटका कर्मचारी सबै गाउँपालिकामै भए पनि प्रहरी भने नबसेको अध्यक्ष गुरुङले बताए । साल्दाङमा प्रत्येक वर्ष चैत अन्तिमतिर प्रहरी जाने र असोज अन्तिममा फर्कने गर्दै आएको छ । गाउँमा स्थायी प्रहरी चौकी छैन ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण रञ्जितकारले भने चिसोमा बस्न नसकेकाले प्रहरी सदरमुकाम फर्केको बताए ।

‘यस वर्ष मात्र होइन, यसअघिका वर्षमा पनि चिसो बढेपछि प्रहरीले त्यो ठाउँ छाड्थे । विगत वर्षमा जस्तै यस वर्ष पनि सु’रक्षाकर्मी फर्किएका हुन्, यसलाई अ’न्यथा लिन मिल्दैन,’ उनले भने ।

खाने, बस्ने सञ्चारलगायत सम्पूर्ण सुविधाको व्यवस्था हुँदा पनि प्रहरी गाउँमा बस्न न’मानेको गु’नासो गाउँपालिका अध्यक्ष टसी गुरुङले बताए ।

‘अहिले गाउँपालिकामा प्रभु बैंकको शाखा स्थापना भएको छ,’ उनले भने, ‘सु’रक्षा चु’नौती थपिएको छ । प्रहरीले गाउँ छाड्न मिल्दैन ।’ गाउँका जनताले पनि सु’रक्षाको प्रत्याभूति गर्न पाउनुपर्ने उनले बताए ।

‘बाह्रै महिना बस्ने गरी सु’रक्षाकर्मी व्यवस्थापन गरिदिन सम्बन्धित नि’कायलाई आग्रह गरेका छौँ,’ अध्यक्ष गुरुङले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖