एकाएक अमेरिकन आर्मी किन आए नेपाल ?

काठमाडौं : नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायी करणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ । सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्ग तका २० सैनिक अधिकारी काठमाडौं आएका छन्। नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्ड अन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो।दुई मुलुकका सैनिक अधिकारी बीच हुने यो छलफललाई ‘ल्याण्ड फोर्स टक’ नाम दिइएको छ।

जं’गी अड्डामा मंगलबारबाट दुई दिनसम्म नेपाली र अमेरिकी सैनिक अधिकारी बीच छलफल हुनेछ। शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापन लगायतका विषयमा छलफल केन्द्रित हुने सैनिक स्रोतले बताएको छ। प्रति आ’तंक’वादको विषयमा समेत छलफल हुने ति सैनिक अधिकारीले बताए। सहरी विद्रोह नियन्त्रण र प्रतिकारका विषयमा समेत दुई मुलुकका सैनिक अधिकारीबीच छलफल हुनेछ।नेपाली सेना र अमेरिकी सेनाले गर्दै आएको सैनिक का’रवाही (मिलेटरी अप्रेसन) का विषयका बारेमा अनुभव आदन प्रदान हुनेछ ।

अमेरिकी सेनाले नेपाली सेनाालाई गर्दै आएको सहयोगका बारेमा समेत छलफल हुनेछ । अघिल्लो वर्ष जेठ २३ बाट दुई दिनसम्म पहिलो पटक ल्याण्ड फोर्स टक सञ्चालन भएको थियो। अहिले हुन लागेको त्यसको दास्रो संस्करण हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।