मिडिया वि’धेयकले कसैको ‘रोजीरोटी’ मा’र्दैन : मन्त्री बाँस्कोटा
काभ्रे-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया वि’धेयकले कसैको ‘रो’जीरोटी’ न’मार्ने बताउनुभएको छ । धुलिखेल नगरपालिका–११ पातलेखेतस्थित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०द्वारा विभिन्न चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले मिडिया विधेयकले कलाकार र बौद्धिक कार्यमा लाग्नेको सिर्जना न’मर्ने दाबीसमेत गरे ।
मन्त्री बाँस्कोटाले भने, “हामीले कसैको रोजीरोटी न’मार्ने गरी छलफल गरेका छौँ, तपाईँहरु ढुक्क हुनुहोस्, सरकार किसान र म’जदूरको समेत सिर्जना नमर्ने गरी का’नून बनाउँछ ।” उनले मिडिया कानूनले उकालो पार गरिकन तेर्सो मार्गमा हिँड्दै संसदीय समितिमा पुगेको बताउनुभयो । “कानून उकालोमा हिँड्दा थोरै ढिला मात्रै भएको हो, अब सजिलैसँग पास हुन्छ ।”
मन्त्री बाँस्कोटाले जनतालाई शिरमै राखेर सुख र समृद्धिका बृहत्तर अभियान अघिसारेको बताए । “हामी हरेक क्षेत्रको सुख र समृद्धिमा मात्रै ध्यान दिइरहेका छौँ, बे’इमान गर्नेलाई मात्रै तह लगाउने हो, भट्टामा मान्छे हा’ल्ने र महिलामाथि अ’भद्र व्य’वहार गर्नेलाई पनि ‘पद’ नभन्ने तपार्इँहरुलाई थाहा नै छ”, उनले भने । राजनीतिमा अ’पराधीकरण र नेतृत्वमा भ्र’ष्टाचार गर्नेलाई कुनै पनि स्थान नभएकाले मुलुकमा विधि र न्या’यको शा’सन स्थापित हुने उनले दोहो¥याए ।
मन्त्री बाँस्कोटाले सुख र समृद्धिको स’ङ्घर्षमा कसैले पनि ज्या’न गु’माउनु नपर्ने बताए । उनले भने, “सुख र समृद्धि पनि जिलै प्राप्त हुने चिज त हैन, तर यसका लागि बुद्धि र पाखुरा लडा’ए मात्रै पुग्छ ।” लोकतन्त्रका निम्ति ७० वर्ष बिताएको स्मरण गर्दै उहाँले जनताको सुख र समृद्धिका लागि सरकारले कुनै क’सर बाँकी न’राख्ने उनको दा’बी थियो ।
मन्त्री बाँस्कोटाले जनताले दिएको भोटको भारीको एकमुष्ट उपहार आउने निर्वाचनका किस्तीमा राखेर दिने बताए । “हामी यति ग¥यौँ, यति काम शुरु ग¥यौँ, यति गर्न बाँकी रह्यो भनेर फेरि आउँछौँ, तपाईँहरुले चि’न्ता लिनुपर्दैन”, उनले भने । युटुबर र फेसबुकले ह’ल्ला गरेर सरकारलाई कुनै फरक नप’र्ने उनले दा’बी गरे ।
मन्त्री बाँस्कोटाले छिमेकी देशले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेकाले विकास र समृद्धिको यात्रा कसैले रोकेर नरोकिने बताउनभयो । “आउने चुनावमा पनि जवाफदेहिताको सामथ्र्यसहित इमान्दारीताका साथ आउँछौँ, त्यतिखेर हिसाबकिताब गरौँला”, उनले दा’बी गरे । आफूहरु नि’दाएर न’बसेकाले निर्वाचनका बेला गरेका घोषणापत्र सिरानमा हालेर राख्न र निर्वाचन आएपछि ‘नेतालाई यो खोई त रु’ भनेर प्रश्न गर्न उनले आग्रह गर्नुभयो ।
“बिना योजना गत निर्वाचनमा हो’मिएनौँ, हामी अहिले पनि निदा’एर बसेका छैनौँ”, उनले थपे । । उनले क्रमशः मुलुक उत्पादन गर्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ गइरहेको बताए। उनले भने, “हामी कृषिमा आधुनिकीकरण गर्दैछौँ, उत्पादनलाई बजारसँग जोड्ने उत्तम विधि तय हुँदैछन् ।” उनले धुलिखेल नपा–११ पातलेखेतमा २९८ रोपनी जग्गा लिएर औद्योगिक ग्राम निर्माणको योजना अघि सारिएको बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा प्रदेश सदस्य रामहरि सुवेदी, धुलिखेल नपा उपप्रमुख विमला शर्मा, वडाध्यक्ष विष्णुप्रसाद धितालले शुभकामना व्यक्त । कार्यक्रममा विविध सांस्कृतिक तथा व्य’ङ्गात्मक प्रस्तुति गरिएको थियो ।रासस


