महरा जे’ल जाँदा रातभरी किन नि’दाईनन् रोशनी ?

काठमाडौ । काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती क रणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिजो सोमबार जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि सामाजिक संजालमा यो विषयले ढाकेको छ ।

काठमाडौ जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई पुर्वपक्षका लागि थुनामा पठाउने निर्णय गर्नुअगाडी बहस चलिरहेका समयमा पिडित भनिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही त्यही उपस्थित थिईन ।

शुरुमा आफूमाथि यौ नदुव्र्य वहार गरेको भन्दै महरामाथि आरोप लगाएकी शाहीले पछिल्ला दिनहरुमा आफू मानसिक रोगी भएको र विभिन्न दबाबमा त्यस्तो कुरा बोलको भन्दै बयान सच्याउँदै महरा निर्दोष भएको बताउदै आएकी छन् ।

उनले महरा निर्दोष भएको भन्दै अदालतमा निवेदन फिराद समेत दर्ता गराएकी थिईन । महराको मु द्धामा बहस चलिरहँदा जिल्ला अदालत पुगेकी शाही निकै भावुक र निन्याउरो मुख लगाएर बसेकी थिईन ।

महरालाई पुर्वपक्षका लागि थुनामा पठाउने निर्णय भईरहँदा निकै चिन्तित देखिएकी शाही त्यसपछि आफ्नो डेरामा पुगेकी थिईन । उनका छिमेकीका अनुसार निकै चिन्तित मु द्रामा रहेकी शाही घर पुगेपछि खाना पनि नखाएको र रातभरी नसुतेको बताईन्छ ।

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई ब लात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो ।

महरा कसुरदार हो वा होइन थप अनुसन्धानपछि मात्र अदातलले फैसला गर्नेछ ।जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो ।
महराविरुद्ध मु लुकी अप राधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा क सूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ । द नेपालटपबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖