अ’न्तर्जा’तीय वि’वाह गरेकी द’लित यु’वतीको बि’चल्ली

काठमाडौं, कार्तिक २० ।करिब दुई महिनाअघि अन्तर्जातीय प्रेम–विवाह गरेकी एक द’लित यु’वतीको बि’चल्ली भएको छ।

क’थित तल्लो जातकी युवती भन्दै पति वरुणकुमार मण्डललाई घरका सदस्यले भगाएपछि २२ वर्षीया सुनीता रामको बि’चल्ली भएको हो।

अन्तर्जातीय प्रेम–विवाह गरेकी सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीकी सुनीता पतिको घरमा बस्न नपाएपछि गोठमा बस्न बा’ध्य छिन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा लहानबाट मणिलाल विश्वकर्माले लेखेका छन्।

गोठमा आश्रय लिइरहे पनि द’लित भन्दै आफूलाई लेखेट्न दिनहुँ कु’टपिट भइरहेको सुनीताको गु’नासो छ । ‘घरमा बस्न नदिएपछि पतिको घरको आँगनसँगै जोडिएको गोठमा बस्दै आएकी छु,’ उनले भनिन्, ‘सासू रेखादेवी मण्डलसहित घरका अन्य सदस्यले दिनहुँ कुटपिट गर्दै आएका छन्।’

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी नायब निरीक्षक हिरालाल यादवले युवतीको ज्यान तलमाथि नहोस् भन्ने उद्देश्यले सुरक्षाका लागि दैनिकजसो प्रहरी पठाइरहेको बताए।

बङठियाका गाउँलेले घरका सदस्यले युवतीलाई कुटपिट गरेको खबर गरेलगत्तै प्रहरी पठाउने गरिएको यादवले जानकारी दिए।

फुपाजुको घरबाट भगाइए वरुणकुमार
प्रेम–विवाह गरी काठमाडौं भागेका सुनीता र वरुणलाई परिवारले बोलाएपछि उनीहरू घर फर्किएका थिए ।

‘घर फर्किएको दोस्रो दिनमै परिवार र आफन्तले घरबाहिर डेरा खोजेर राख्ने भन्दै फकाएर वरुणका फुपाजु गोलबजार नगरपालिका–१० बेतौनाका नन्दकुमार मण्डलको घर पु¥याए,’ सुनीताले भनिन्, ‘फुपाजुको घरमा बसेको दुई दिन नबित्दै पतिलाई कामको निहुँ देखाएर भगाए, त्यसपछि फर्किएका छैनन्।’

पतिलाई घरबाट भगाए पनि आफू गोठमा बस्ने गरेको र गाउँघरमा मागेर हातमुख जोड्दै आएको सुनीताको भनाइ छ।

तीन दिनअघि देवर अरुण मण्डल र सासू रेखादेवीले कुटपिट गरेर झोला फालिदिँदै गोठबाट समेत निकालिदिए पनि आफू फर्केर गोठमै आएको उनले बताइन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।