यसरी भयो स्वा’स्थ्यमा सु’धार, प्रधानमन्त्री ओली उ’त्साहित

काठमाडौं, कार्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वा’स्थ्य अ’वस्था स्थि’र देखिएको छ।

अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलसिस गराएका ओलीले गत शनिबार या आइतबारमध्ये एक दिन फेरि डायलसिस गर्नुपर्ने बताएका थिए।

दुईपटकको डायलसिसपछि नै स्वास्थ्यमा सुधार भएपछि तेस्रोपटक गर्नु नपरेको खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

उपचारमा संलग्न चिकित्सकहरूले अहिले उनको स्वास्थ्य अवस्था ‘ठीकठाक’ रहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था स्थिर रहेकाले थप डायलसिस गरिएको छैन,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा।.दिलीप शर्माले भने।

डा.शर्माका अनुसार प्रधानमन्त्रीको थप उपचार पद्धति कस्तो हुने भन्ने पनि टुंगो लागिसकेको छैन । ‘थप उपचारका विषयमा हामीबीच विस्तृतमा छलफल भइरहेको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि तत्कालका लागि डायलसिस गर्दै अघि बढ्ने कुरा भएको जनाएको छ । ‘प्रधानमन्त्री ओलीलाई मैले मंगलबार साँझ भेटें । अहिले नियमितभन्दा पनि आवश्यक परेका बेला मात्रै डायलसिस गर्नुपर्ने सुझाव डाक्टरहरूले दिएका रहेछन्,’ नेकपाका एक स्थायी समिति सदस्यले भने।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको नियमित ‘फलोअप’ गर्न डाक्टरहरूको निगरानी बढाइएको छ । ‘एक जना डाक्टर स्ट्यान्डबाई हुनुहुन्छ,’ प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने।

उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेकाले बालुवाटरमै डायलसिस मेसिन पनि तत्काल जडान गरिने छैन।

‘नियमित डायलसिस गर्नुपर्ने भए बालुवाटरमै मेसिन राख्ने कुरा भएको थियो । तर आवश्यक परेकाबेला अस्पतालमै जाने कुरा भएको छ,’ उनले भने।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली गत साता उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पताल गएका थिए।

गत बुधबार र बिहीबार दुईपटक डायलसिस गरेर उनी निवास फर्किएका थिए । शुक्रबार दिनभर आराम गरेका ओली शनिबारदेखि सक्रिय भए । उनले शनिबार बिहान नेकपा सचिवालय बैठक बोलाएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

‘एक्सरे गर्दा फोक्सोको पानी सुकेको रिपोर्ट आएपछि आफ्नो स्वास्थ्यलाई लिएर उहाँ केही उत्साहित हुनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

त्यही रिपोर्ट र प्रधानमन्त्रीको स्वास्थ्य उपचारका अन्य रिपोर्ट पनि हेरेपछि डाक्टरले तत्कालका लागि आवश्यक परेका बेला मात्रै डायलसिस गरे पुग्ने निष्कर्ष निकालेका हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।