भारतीय वि’स्तारवाद वि’रूद्ध अनेरास्ववियू सडकमा, ‘गो ब्याक ईण्डिया’ ह्य’सट्याग शुरु

काठमाडौं । भारतीय विस्तारवादको विरूद्धमा अनेरास्ववियू सडकमा निस्कने भएको छ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको बिरोधमा अनेरास्ववियुले सडकमा प्रदर्शन गर्न लागेको हो । अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय बिस्तारवादको भन्डाफोरका लागि आजै विशाल प्रदर्शन गर्न लागिएको दैनिकीलाइ जानकारी दिए ।

महरले दिउँसो ३ बजे प्रदर्शनी मार्गको आरआर क्याम्पसबाट प्रदर्शन सुरू गर्ने बताए । उनले भारतीय बलमिच्याँइको प्रतिवाद गर्न नेपाली युवा विद्यार्थी सधैँ तयार रहेको पनि बताए । महरका अनुसार अनेरास्ववियूले सामाजिक सञ्जालमा ‘गो ब्याक ईण्डिया’ भन्ने ह्यसट्याग समेत चलाएको छ । महरले साथै देशब्यापी रुपमा सबै जिल्लामा आजै बिरोध प्रदर्शन गर्न सम्पुर्ण अनेरास्ववियूका मातहत कमिटी र नेता कार्यकर्तामा समेत अनुरोध गरेका छन ।

दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो । भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖