कन्दरा ब्यान्डको पुनरागमन, चर्चित गीत ‘लेक की हे माया’ र ‘तिमी पारी त्यो गाउँमा’ सार्वजनिक – हेर्नुस् भिडियो

धरान । नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रा पछि अहिले आएर पुन सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा छन् ।

गत बर्षको धरान , दमक , बिर्तामोड र बुटवल को सफल सांगीतिक टुरपछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुराना संगै नया गीतहरु ल्याएर दर्शक – श्रोताहरुको उत्तिकै माया पाइरहेका छन् । अहिलेको नया पुस्तामाझ पनि कन्सर्ट , सोसलमिडिया बाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीत हरु “तिमी पारी त्यो गाउंमा” र “लेक कि हे माया”

कृपा अनप्लग्डको नया श्रंखलामार्फत युट्युबमा भर्खरै रिलिज गरिएको छ । ९० को दशक को यो दुई गीत कन्दरा को क्यारियरकै उत्कृस्ट गीत मानिन्छ । रिलिज को ३/४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्स संगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो अल्बम निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक बिबेक श्रेष्ठ बताउछन् ।

नेपाल मा लाइभ साङ्गितिक प्रस्तुती लाई अर्कै उचाई मा लैजान कृपा अनप्लग्डको बिशेष भूमिका छ ।जसको कारण यही कार्यक्रम को लागी ब्यान्ड का गायक बिबेक श्रेष्ठ अष्ट्रेलिया बाट नेपाल आई ब्यान्ड सँग प्रतयक्ष् प्रस्तुत भएका थिए। विगत २७ बर्ष देखी कन्दरा नेपाली संगीतमा अनवरत लागि रहेको छ। नेपाली संगीत मा विशुद्ध र सरल शब्द, संगीत र स्वर् को सम्मिश्रन गर्ने कन्दरा ब्यान्ड चाडै नै देश ब्यापी सांगीतिक टुरको तयारीमा समेत रहेका छन्। कन्दराको हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डांडापारी , बिदेसिएर गईन उनि ,फुल्चोकिको डाडैमा लगायत का अन्य गीत हरु पनि अत्यन्तै चर्चित छन।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।