देशकै ठूलो सवस्टेशनको काम अ न्तिम चरणमा

काठमाडौं : नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण आधारस्तम्भको रुपमा रहेको ढल्केबर सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ। मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा दुई देशबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको सो सवस्टेशनको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

विद्यमान सवस्टेशनमध्ये ४०० केभी क्षमताको सो सवस्टेशन आगामी पुसभित्रै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सवस्टेशनलाई जिआइएस प्रविधियुक्त बनाइएको र काठमाडौँको स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रबाटै अनुमगन, सञ्चालन समेत गर्न सकिनेछ। मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर नेपालकै सबैभन्दा ठूलो हबको रुपमा स्थापित हुनेछ।

सवस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने प्राधि करणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। यस्तै सो सवस्टेशनबाट ४५६ मेगावाटको माथिल्लो तामाकोशी जल विद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरुपमा आपूर्ति गर्नसमेत सहयोग पुग्नेछ। देशभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ।

सवस्टेनमा रहने ट्रान्सफर्मरको क्षमता ९४५ केभीए रहेको छ। कूल २२० केभी प्रसारण लाइनमार्फत उक्त सवस्टेशनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ। वर्षायाममा बढी भएको विद्युत् अन्तरदेशीय प्रसारण लाइन मार्फत भारत निर्यात गर्न सकिन्छ। यस्तै बढी विद्युत् माग हुने हिउँदमा अत्यावश्यक नै परेको खण्डमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ।

यस्तै नेपालले विशेष प्राथमिकता दिएको इनर्जी बैंकिङको मार्ग प्रशस्त हुनेछ। नेपाल र भारतबीच इनर्जी बैंकिङ गर्ने विषयमा सहमति भइसकेको छ।हाल ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन हाल २२० केभी क्षमतामा सञ्चालनमा छ। सवस्टेशनको निर्माण सम्पन्न भए पनि सो प्रसारण लाइनसमेत ४०० केभीमा सञ्चालनमा छ।

निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी चैतभित्र पहिलो युनिट र आगामी असारसम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। तामाकोशीको विद्युत् गृह दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबरमा जोडिएको छ। सो प्रसारण लाइनको निर्माणसमेत अन्तिम चरणमा छ।

सवस्टेशनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरण रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सवस्टेशनमा रहने तीन वटा ट्रान्सफर्मर मध्ये एउटा निर्माण स्थलमा आइसकेको छ। बाँकी दुई वटा एक हप्ताभित्र आयोजना स्थलमा आइपुग्ने छ। प्राधिकरणका अनुसार ८० एमभीएआर क्षमताको रियाक्टर पनि उपलब्ध भइसकेको छ। उपलब्ध उपकरणको जडान धमाधम भइरहेको छ।

सवस्टेशनमा ३१५ एमभीएका तीन वटा गरी ९४५ एमभीए क्षमताको ट्रान्सफर्मर रहने छन्। नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब लगानीमा निर्माणा धीन ४००/२२० केभीको ढल्केबर सवस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सवस्टे शन रहेको कार्यकारी निर्देशक घिसिङको दाबी छ। सो सवस्टेशनको निर्माण तत्काल सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसअघि नै निर्देशन दिनुभएको थियो।

सरकारले चालू आवको बजेटमा समेत सो सवस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उल्लेख गरेको छ। सवस्टेशन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इञ्जिनीयरिङले गरिरहेको छ प्राधिकरण र कम्पनीबीच सवस्टेशन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो। प्राधिकरणले मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवामा पनि ४००÷२२० केभीको सवस्टेशन निर्माण गरिरहेको छ। -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖