सङ्घवाद भनेको देशको सार्वभौमसत्ता सङ्घ र प्रदेशमा साझेदारी हुने सिद्धान्त हो ः सहअध्यक्ष श्रेष्ठ

ललितपुर  । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घवाद भनेको देशको सार्वभौमसत्ता सङ्घ र प्रदेशमा साझेदारी हुने सिद्धान्त भएको बताएको छ । उनले यो कुरा यहि शनिवार समाजबादी पार्टीको प्रदेश नं. ३ का कार्यालय ग्वार्कोमा भएको समाजवादी मुस्लिम सङ्घको समायोजन घोषणा कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै बताएको हो ।

सङ्घीयताविद्को रूपमा चर्चित नेता श्रेष्ठले भने, ‘सावैभौमसत्ता भनेको पुराना पार्टीहरूले भने जस्तो देशको सीमा होइन । देशको सार्वभौमसत्ता भनेको राज्यको सम्पूर्ण शक्ति मुख्य रूपमा राजकीय सत्ता र शाासनाधिकार हो । सङ्घीयतामा सङ्घ र प्रदेशको बिच राजकीय सत्ता र शासनाधिकार बाँडफाँड गरी प्रयोग हुन्छ, राज्यको शक्ति एउटै केन्द्रमा रहँदैन । त्यसैले यसलाई अकेन्द्रीकरणको सिद्धान्त भन्ने गरिएको छ ।’ उनले सङ्घीयतालाई नेकपा र काङ्ग्रेसले जस्तो राज्यको ढाँचा र शासन प्रणालीको रूपमा मात्र नलिई सिद्धान्तकै रूपमा लिनुपर्ने बताए ।

पार्टीले सबैको पहिचान र सबैको सम्मानमा जोड दिएको बताउँदै प्रमुख अतिथि श्रेष्ठले भने, ‘मुस्लीम समुदायको आफ्नो बाहुल्यता रहेको स्थानमा स्वायत्तता र राज्यको सबै अङ्गमा समानुपातिक समावेशीकरणको अधिकार, मुस्लीम आयोगलाई अधिकारसम्पन्न बनाउने, मदरसा शिक्षलाई सङ्घीय शिक्षा नीतिमा आवद्ध गर्ने, हज कानुन बनाई स्थायी प्रकृतिको हज समिति बनाउने जस्ता कुरामा समाजवादी पार्टीले स्पष्ट नीति लिएको छ ।’

नेता श्रेष्ठले समाजवादी पार्टीले राज्यका सबै अङ्गहरूमा मुस्लीम लगायतको ७ वटै क्लष्टरको समानुपातिक प्रतिनिधित्वमा जोड दिएको भन्दै जाति वा समुदायहरू सङ्ख्यामा धेरै वा थोरै, विकसित वा अविकसित हुन सक्ने तर पार्टी र राज्यको नजरमा सबै समान भएको बताए । उनले सङ्घीयता देशका ठूला समुदायहरूलाई भन्दा अल्पसङ्ख्यक समुदायलाई बढी आवश्यकता रहेको बताउँदै आफनो पार्टीको घोषणापत्र, विधान तथा सङ्घीय परिषदको बैठकबाट पारित राजनीतिक प्रतिवेदन ३ वटै दस्तावेजले मुस्लिम समुदायलाई पनि अलग क्लष्टरको रूपमा राखेको बताए ।

सहअध्यक्ष श्रेष्ठले यो कुरा समाजवादी पार्टीले सङ्घीयतामा पनि सामुदायिक भेदभाव गरी खस आर्य, आदिवासी जनजाति र मधेसी ३ ठूला क्लष्टरको चर्चा गरेको तथा मुस्लीम, थारु, दलित लगायतको समुदायको अबमूल्यन गरेको भन्दै समायोजन कार्यक्रमका केही वक्ताहरूले आक्रोश पोखेका सन्दर्भमा स्पष्ट पारेको हो । कार्यक्रममा मुस्लिम नेताहरूले राज्यले समेत ७ क्लष्टर मानिसकेको सन्दर्भमा आफूलाई मधेशी क्लष्टरमा नराख्न आग्रह गरेका थिए ।

पार्टीको जनसंगठन समायोजन कार्यदलका सदस्य तथा पार्टीका उपाध्यक्ष हिसिला यमीले अध्यक्षता गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा महासचिव रामसहाय प्रसाद यादव र उपमहासचिव डम्बर खतिवडाले शुभकामना मन्तब्य राखेका थिए । पार्टीका केन्द्रिय सदस्य तथा समाजबादी मुस्लिम संघका इन्चार्ज ईस्लाम हवारीले समायोजित समितिको घोषणा तथा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।

मुस्लिम परिषदका पूर्व अध्यक्ष मोविन खानले सञ्चालन गरेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य शशिकपूर मियाँले स्वागत मन्तब्य राखेका थिए । समायोजित समाजवादी मुस्लिम सङ्घको ९९ सदस्यीय केन्द्रीय समितीका पदाधिकारीहरू निम्नानुसार रहेका छन् ।

१. नुरुल होदा अन्सारी, बारा– अध्यक्ष । २. जाबेद एकबाल हैदर, पर्सा– वरिष्ठ उपाध्यक्ष । ३. हस्मुद्दिन देवान, पर्सा– उपाध्यक्ष । ४. सुब्राती मन्सूर, महोत्तरी– उपाध्यक्ष । ५. डा. मोफिउर रहमान, बारा– उपाध्यक्ष । ६. समिउल्लाह खान, सिरहा– उपाध्यक्ष । ७. अल्ताफ हुस्सैन, पर्सा– महासचिव । ८. मन्जारुल अन्सारी, बारा– सचिव । ९. इलियास हवारी, काठमाडौं– सचिव । १०. बद्द्रुदोजा, बाँके– सचिव । ११. रेश्मा बानु शाह, काठमाडौं– कोषाध्यक्ष

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖