कु’स्ती खेलेर पदक ल्याउनेलाई गम्छा ओढाएर सम्मान

जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा पदक ल्याउने नेपाली खेलाडीलाई प्रदेश २ सरकारले सम्मान गरेको छ ।

कुस्ती खेलमा नेपालका लागि स्वर्ण ल्याउने संगीता धामीसहित पदक पाउने १३ जना खेलाडीहरुलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर सम्मान गरिएको छ । कुस्तीमा पदक ल्याउने खेलाडीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले गम्छा पहिराउँदै अबीर लगाएर सम्मान गरेका हुन् ।

त्यस अवसरमा बोल्दै मुख्यमन्त्री राउतले देशको नाम चम्काउन खेलाडीहरुले खेलेको भूमिकाको प्रशंसा गरे । उनले खेलाडीहरु देशको गहना भएको भन्दै संघीय सरकारले खेलाडीहरुको संरक्षणका लागि ध्यान दिनुपर्ने बताए ।

प्रदेश २ सरकार खेलाडीहरुप्रति सकारात्मक रहँदै बिभिन्न किसिमको योजना ल्याएको बताउँदै संघीय सरकारलाई पनि यसतर्फ ध्यान दिनुपर्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।