चार स्वर्ण जि’त्ने गौरिकाले ५६ लाख पाउने !

काठमाण्डौ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको घोषणा अनुसार १३ औं सागका पदक विजेतालाई दिने रकमबारे सरकारी अधिकारीहरु नै अस्पष्ट देखिएका छन् ।

व्यक्तिगत तर्फ स्वर्ण जित्नेलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा भए पनि दुई वा दुईभन्दा बढी पदक विजेतालाई दिने रकममा उनीहरूबीच द्विविधा देखिएको हो ।

यता टिम इभेन्टका खेलाडिहरुले असन्तुष्टी जनाएका छन् । रजत पदक जित्नेले ६ लाख पाउँदा आफूहरुले स्वर्ण जित्दा पनि ५ लाख मात्रै पाएको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् । फुटबल, बास्केटबल, भलिबल जस्ता टिम इभेन्टका खेलाडिहरुले असन्तुष्टी जनाएका हुन् । टिम इभेन्टमा स्वर्ण जित्नेको पुरस्कार बताएपनि रजत र काश्य जित्नेका बारेमा भने कतै उल्लेख गरिएन ।

फुटबल, कराते, तेक्वान्दोमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । यस्तै बास्केटबल, कबड्डी, भलिबल लगायतका टिम इभेन्टमा नेपालले रजत पाएको थियो । अब उनीहरुले पुरस्कार कसरी, के आधारमा पाउछन भन्ने अन्योलमा खेलाडी रहेका छन ।

कार्यक्रममा टिम इभेन्टमा दोस्रो र तेस्रो स्थानमा रहने खेलाडीका बारेमा केहि नबोलिदा प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी खेलाडी विच केहि अन्योलता देखिएको थियो ।

तर पछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले गरेको घोषणामा गौरिकाले चार स्वर्ण जितेकाले उनले एक स्वर्ण बराबर ११ लाख पाउने बताए । तर पुरस्कार घोषणामा भने प्रष्ट पारिएको थिएन ।

४ स्वर्ण जितकी गौरिका सिंहले ४४ लाख त्यसबाट रजतबाट थप १२ लाख गरि कम्तिमा ५६ लाख पाउने छिन् । गौरीकाले स्वर्णबाट ४४ लाख र रजतबाट १२ लाख पाउने छन् । उनले १३ औँ सागमा गौरिकाले चार स्वर्ण जितेकी थिइन् । गाैरिकाले महिलातर्फको ४ सय मिटर फ्रिस्टाइलमा, १ सय मिटर फ्रिस्टाइलमा, २ सय मिटर फ्रिस्टाइलमा र २ सय मिटर व्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन् ।

गौरिकाले समूहमा तीन कास्य पदक जितेकी थिइन् । त्यसमा कति रकम प्राप्त गर्नेछिन् भन्ने एकिन भएकाे छैन । समूह कास्यमा पनि गाैरिकाले पाए ५६ लाख भन्दामाथि नै हुने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।