आज हिमानी-पारसकी छोरी पूर्णिकाको जन्मदिन
काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहकी जेठी छोरी पूर्णिका शाहको बिहीबार जन्मदिन परेको छ । पूर्णिकाको बिहीबार अंग्रेजी मितिअनुसार जन्मदिन परेको हो । सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिइरहेका छन् ।
उनको जन्म २०५७ साल मंसिर २७ गते (सन् २००० डिसेम्बर १२) मा भएको हो । वि.सं.अनुसार शुक्रबार जन्मदिन परे पनि अंग्रेजी मितिअनुसार बिहीबार जन्मदिन परेकाले पूर्णिकालाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।



