धनकुटा गोल्डकप : दुहवी र झापा क्लव सेमीफाईनलमा प्रवेश
शर्मिला राई, धनकुटा खबर, मंसिर २७ । धनकुटाको हिलेमा जारी प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगितामा आज दुई खेल भएकाछन् ।
हिले फुटबल क्लबको आयोजनामा भईरहेको प्रतियोगितामा दुहवी फुटवल क्लव सुनसरी र नेपाली आर्मीको वरख गण सल्लेरी वीच भएको पहिलो खेलमा ०-२ गोलको अन्तरले दुहवी फुटवल क्लव सुनसरी जिवयी भएको छ ।
दुहवीको जीतका लागि जर्सी नं १६ का खेलाडी कविन्द्र चौधरी र जर्सी नं १० का खेलाडी शिसम चौधरीले ले एक एक गोलको योगदान गरेका थिए ।
त्यस्तै इनरुवा फुटवल क्लव सुनसरी र रोयल स्पोर्टिङ क्वल झापा वीचको दोश्रो खेलमा पनि ०-२ गोल अन्तरले नै झापा विजयी भएको छ । झापाको जीतका लागि जर्सी नं २३ का खेलाडी विकास लिम्वु र जर्सी नं ३३ का खेलाडी सञ्जीव वुढाथोकी ले एक एक गोल गरेका थिए ।
जीत सँगै यी दुई टिम सेमीफाईनलमा प्रवेश गरेकाछन् । भोलिको खेल ईलाम-झापा र झापा-दुहवी वीच हुने आयोजक क्लवका महासचिव सञ्जिव तितुङले जानकारी दिनुभयो ।


