नेपाल, अमेरिका र ओमानबीच हुने त्रि कोणात्मक शृं खलाको तयारी सुरु

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा आगामी फ्रेब्रुअरीमा हुने नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक क्रिकेट शृंखलाको तयारी सुरु भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले आगामी माघ २२ देखि २९ (फ्रेब्रुअरी ५–१२) सम्म हुने एकदिवसीय शृंखलाको तयारी शुक्रबारबाट शुरु गरेको हो। आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत हुने शृंखलामा सबै टोलीले त्रिवि मैदानमा ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन्।

आइसीसीका प्रतिनिधिहरु नितिशा कोठारी तथा इकवाल सिकन्दरले यसै हप्ता नेपाल भ्रमणका क्रममा क्यानलाई उक्त शृंखला आयोजनाको जिम्मेवारी सुम्पेको हो। अघिल्लो महिना आइसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गरेपछि क्यानले आयोजना गर्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

‘हामीले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि छोटो समयमा मैदान तयार पार्दै आफ्नो क्षमता देखाइसकेका छौं,’ त्रिकोणात्मक शृंखला आयोजनाको मुख्य जिम्मेवारी पाएका क्यानका कोषाध्यक्ष रोशन सिंहले भने, ‘क्यान आएपछि समर्थकहरुले धेरै आशा राख्नुभएको छ। हामीले कुनै कसुर बाँकी नराख्ने गरि तयारी गर्दैछौं।’

क्यानले त्रिकोणात्मक शृंखलाका लागि पहिलो चरणमा मैदान स्तरोन्नती, बिजुली आपुर्ती, निर्माण, सरसफाई, वाथरुम व्यवस्थापन तथा केही निर्माणका कामहरु लगायतको तयारीहरु गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

‘मैदान स्तरोन्नतीको काम शुक्रबारबाट सुरु भएको छ। जनवरी २५ सम्म सम्पूर्ण काम सक्नेगरि तयारी अघि बढाएका हौं,’ सिंहले भने।

त्रिकोणात्मक शृंखलाको सम्पूर्ण खर्च आइसीसीले ब्यहोर्नेछ। आइसीसीले इस्टमेट मागेको र आफूहरु त्यसमा काम गरिरहेको क्यानका कोषाध्यक्ष समेत रहेका सिंहले भने। तत्काल हेर्दा ६०–७० लाख खर्च लाग्ने देखिएको उनले बताए।

tu-cricket-maidan-1.png

क्यानले त्रिकोणात्मक शृंखलाका लागि त्रिवि मैदानमा ५ वटा र मुलपानी मैदानमा अभ्यासका लागि २ वटा पीच निर्माण गर्ने भएको छ। त्रिवि मैदानमा १९ जना कामदारहरुले धमाधम काम शुरु गरिसकेको सिंहले बताए। मुलपानीमा भने ५ जना मजदुर खटाइएको छ।

अर्को महिनाबाट तयारी

क्यानले अर्को महिनादेखि खेलाडीहरुलाई त्रिकोणात्मक शृंखलाको तयारीका लागि बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको छ। हाल खेलाडीहरु पोखरामा जारी पोखरा प्रिमियर लिगमा व्यस्त छन्।

माघ १५ पछि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने तयारी भएको हो। बन्द प्रशिक्षण काठमाडौं वा पोखरामध्ये एक ठाउमा हुनेछ। विदेश प्रशिक्षणमा पठाउने विषयमा भने क्यानले हालसम्म कुनै निर्णय लिइसकेको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।