धनकुटामा बाँदरले सबैलाई हैरान बनायो

धनकुटा खबर, ३ पुष । धनकुटा नगरपालिका ३ पारिपात्तलेका कृषक डिल्ली बहादुर कार्कि बारीमा मकै लगाएको र आँगनमा मकैको थाक्रो राखेको स्मृति बाट हराउँदै गएको बताउँछन् ।

यसको कारण हो बाँदरको समस्याले गर्दा खेति गर्न छाड्नु सोही स्थानका अर्का किसान मीनबहादुर कार्किले पनि ४५ पाथीको बिउँ लाग्ने खेत नरोपेको बर्षौ भई सकेको छ धान मकै खेति बाट आम्दानी लिन छाडे संगै कार्कि अन्य खेति तर्फ लागेको बताउछन् । यस्तो समस्या भोग्ने कार्किहरु त एक प्रतिनिधी पात्र मात्र हुन् यस स्थानका सबै किसानको समस्या भनेको बाँदर आ तकं हो ।

सदरमुकाम नजिकै र बाक्लो बस्ति भएका स्थानमा समेत यस्तो हैरानी किसानले खेपि रहेका छन् भने बसाई सराई गररेर बस्ती पाललिदै गएका गाउँ बस्तीको हालत भने झनै दयनिय रहेको छ ।

बाँदरकै दुखका कारण धनकुटाको छथरजोरपाटी गाउँपालिका साविक तेलिया गाविस बाट बसाई सराई गरेर धनकुटा नगरपालिका ३ स्यौले आएका यज्ञप्रसाद घिमिरेले भने बाँदर कै कारण आफ्नो धरै खेत बारी बाझो छोड्दै पिता पुर्खा देखि बस्दै आएको जन्म थलो छोड्नु प¥यो आफूले सबै छोडे पनि बाँदरको दुखले आफू लाई छोडेन उनले भने । नजिकैका सामुदायीक वनबाट दिउ“सै हुलका हुल बा“दर बालीमा पस्छन यस्तो अबस्थामा किसानले कसरी गरि खाने घिमिरे प्रतिप्रश्न गर्छन् ।

ग्रामिण क्षेत्रमा भने बाँदर सहित अन्य जंगलि जनावरको बिगबिगीले किसान लाई हैरान बनाएको छ कृषकको जीविकोपार्जनको मुख्य माध्यम खेतीनै हो । खेतीकालागि समयमै मल, सिंचाई, रोगकिराको नियन्त्रणका लागि औषधी उपकरण र प्राविधिक सेवाका साथै कामदार जनशक्ति अभावमा दुःखले निर्वाहमुखि कृषि पेशा गर्दे आएका किसानहरुका लागि बन्य जन्तुको ज्यादती थप टाउको दुखाई बिषय बनेको किसान दुखेसो गर्छन् ।

मान्छे ओल्टोकोल्टो लाग्ने वित्तिकै खत्तम पारिहाल्छ । पहिले पहिले स्थानीयले जनावर तर्साउन घरेलु घरापको प्रयोग गर्थे, अहिले जनावरले यस्ता धरापको वास्तै गर्न छाडेका छन । उनिहरुले जनावर धपाउन बाँस, खुर्पा, लाठि, खुकुरी जस्ता घरेलु हतियारको प्रयोग गर्छन । लाईसेन्स नभएका भरुवा बन्दुक प्रशासन लाई बुझाए पछि जनावरले झनै दुख दिने गरेको किसान को गुनासो छ । बाँदरको ज्यादती कै कारण धनकुटामा रहेको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमले बगौचा जोगाउन शिकारी कुकुर, गुलेली र मट््याङ्ग्रा सहित गस्ती खटाउने गरेको छ ।

बाँदरको उपद्रोले नर्सरि र बगैंचा जोगाउनै मुस्किल परेपछि केन्द्रले सरकारी बजेट खर्चेर बाँदर धपाउनकै लागि गस्ती नै परिचालन गरेकोे राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमले पारिपात्लेका प्राविधीक सहायक गोपाल सिलवालले जानकारी दिए । राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमको बगैचा भदौ देखि पुषसम्म पाँच महिना बाँदर धपाउन खटिने शिकारीले १३ लाख ९५ हजार नौ सय रुपैयाँ रकम ज्याला बापत बुझ्छन् ।

ज्यालामा खर्च हुने रकम गतबर्ष केन्द्रले टेण्डर गरि बेचेको सुन्तलाको आम्दानी भन्दा चार लाख बीसहजार नौसय रुपैयाँले बढि रहेको सिलवालको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।