मैथिली नेपालको प्राचीन भाषा हो : उपप्रधानमन्त्री यादव

विराटनगर । उपप्रधान, कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषा नेपालको प्राचीन रुपमा बोलीचालीको भाषा भएको बताउनुभएको छ ।

मैथिली एशोसिएशन नेपालद्वारा आज यहाँ आयोजित १७औँ अन्तरराष्ट्रिय मैथिली साहित्यिक, संस्कृतिक, सामाजिक समृद्ध उत्सवको दुई दिने सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मैथिलीलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरेमा मात्र यसको संरक्षण हुने विचार व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री यादवले विगतमा एक भाषाका कारण नेपालका सबै मातृभाषाको संरक्षणामा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो । उहाँले मिथिलाञ्चाल क्षेत्रमा मातृभाषामा शिक्षा, रोजगारी र सरकारी कामकाजको भाषाका रुपमा मैथिली प्रयोग गरेमा यसलाई जनस्तरमा पु¥याउन सकिने तर्क गर्नुभयो ।

उपप्रधानमन्त्री यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषाको बनाउन लागि आफ्नो आन्दोलन जारी रहेको बताउँदै मुलुकमा दोस्रो ठूलो भाषाको रुपमा रहे पनि यसको मातृ भाषामा विद्यालयलगायत उच्च शिक्षामा अध्ययन गरेमा मात्र संरक्षण गर्न सकिने बताउनुभयो ।

प्रदेश नंं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश मण्डलले भाषालाई सत्तासँग जोडेमा मात्र रोटी र कामकाजको रुपमा स्थापित हुने धारणा व्यक्त गर्नुभयो ।

भारतका पूर्वमन्त्री रामलखन रमणले नेपालका एफएम रेडियोबाट प्रशारण हुने मैथिली भाषाको कार्यक्रमबाट यसलाई जनजनमा पुर्याउनु ठूलो सहयोग पुर्याएकोमा खुशी व्यक्त गर्दै मैथिली भाषीले आफ्नो घरपरिवारमा यसको प्रयोग अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

विराटनगर उपमहानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले मैथिली भाषा, संस्कृति, वेषभूषा र चित्रकलाको प्रवद्र्धनमा नगरपालिकाको सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एशोसियशनका अध्यक्ष प्रवीणनारायण चौधरी, मधेशी आयोगका अध्यक्ष विजयदत्त, साहित्यकार रामभरोष कापैड, अर्थविद् राजकिशोर, तेजलाल कर्ण र पङ्कज बर्माले नेपालमा दोस्रो ठूलो भाषाको रुपमा रहेको मैथिली सङ्कटमा परेकाले यसको जर्गेनाका लागि सबैको योगदान आवश्यक रहेको बताउनुभयो ।

सम्मेलनमा नेपाल, भारत, खाडीमुलुक, अमेरिका, मरिसशलगायतका मुलुकका ३०० साहित्यककार, भाषाविज्ञ, कलाकारलगायतको प्रतिनिधित्व रहेको छ ।

सो अवसरमा उपप्रधानमन्त्री यादवले मैथिली उद्योगपति, साहित्यकार, चिकित्सक, कलाकार, समाजसेवीलाई ‘मैथिली रत्न’बाट सम्मानित गर्नुका साथै मैथिली क्यालेण्डर र सम्मेलन पुस्तकको विमोचन गर्नुभएको थियो ।

कार्यकक्रममा मैथिली भाषाका गीत र नृत्य प्रस्तुत गरिएको थियो । सम्मेलनस्थल हाटखोलामा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायतका विभिन्न २० वटा व्यापारिक कक्ष राखिएका छन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖