युभेन्टसलाई प राजित गर्दै लाजियोले जित्याे सुपर कपको उपाधि
एजेन्सी । इटालियन सुपर कपको उपाधि लाजियोले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा युभेन्टसलाई ३-१ ले पराजित गर्दै लाजियोले सुपर कपको उपाधि हात पारेको हो ।
लाजियोलाई उपाधि दिलउनको लागि लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले समान एक/एक गोल गरे । युभेन्टसका लागि पाउलो डिबालाले एक गोल गरे ।
खेलको १६औं मिनेटमा नै अल्र्वेटोले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डिबालाले बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफमा लाजियोले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । ७३ औं मिनेटमा सेनाले गोल गर्दै लाजियो खेलमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफको इन्जुरी समयमा लाजियोका काटाल्डीलेले फ्रि किकमा शानदार गोल गरेपछि खेल लाजियोले ३–१ ले जित्यो
इन्ज्युरी समयको तेस्रो मिनेटमा युभेन्टस १० खेलाडीमा समेटिएको थियो । रोड्रिगो बेन्टानकर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।


