प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

काठमाडौं । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भूटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसललाई तथा दोस्रो सेमिफाइनलमा आर्मीले भूटानलाई पराजित गरेको हो ।

एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गर्नुभयो । यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गर्नुभयो । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले गोल गरेका थिए ।

दोस्रो सेमिफाइनलमा आर्मीकी पूजा रानाले खेलको १०औँ मिनेटमा पहिलो गोल गर्नुभयो । खेलको ८४औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गर्नुभयो । एपिएफ र आर्मीबीच बुधबार उपाधिका लागि खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, सेमिफाइनल पुगेका टोलीले रु ५० हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।