संस्कृतीको प्रवर्दन गर्दै धनकुटाको हिलेमा ‘शेर्पा स्याफ्रु’ तालिम
धनकुटा खबर, माघ २ । सँस्कार संस्कृतीको संरक्षण तथा प्रवर्दन गर्ने लक्षका साथ धनकुटा १ हिलेमा शेर्पा समुदायले आफ्नो भाषाको गीतमा नृत्य गर्ने (शेर्पा स्याफ्रु) तालिम लिईरहेकाछन् ।
नेपाल शेर्पा संघ धनकुटा नगर समितिको आयोजनामा सञ्चालित तालिममा हिलेका शेर्पा समूदायका १२ जनाले तालिम लिईरहेका छन् । तीन महिने सो तालिमको सहजीकरण ङवाङ तेञ्जी शेर्पाले गरिरहनु भएको छ । तालिममा (छेलोङ्सी) शिर उभाउनी,(युदाम्सु) स्वागत, लगायत १० वटा गीतमा तालिम दिईसकिएको सहजकर्ता शेर्पाले वताउनुभयो ।

नेपालमा वसोवास गर्दै आएका विविध जातजातीको भाषा संस्कृती, रितीरिवाज पछिल्लो समय विभिन्न कारणले लोप हुँदै गईरहेको हुँदा यसको जगेर्ना गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको नेपाल शेर्पा संघ धनकुटा नगर समितिका अध्यक्ष पासाङ शेर्पाले वताउनुभयो ।
परिवार तथा समुदायमा सुख दु;ख पर्दा संस्कार संस्कृती सम्वन्धि गीत एवम् नृत्यहरु आवश्यक पर्ने भएकोले पनि यसलाई जगेर्ना गर्नु जरुरी रहेको उहाँको भनाई छ । संघले गत वर्ष १९ जनालाई शेर्पा भाषको तालिम दिएको थियो ।


