ज’थाभावी बाटो काटे १ हजार र मिटरमा नजाने ट्याक्सीलाई १५ हजार ज’रिवाना

काठमाडौं । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपियाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ ।

मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई एक हजार, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपियाँ जरिवाना लिने व्यवस्था गरेको छ ।

त्यसै गरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार रुपियाँ जरिवाना प्रस्ताव गरिएको छ । विधेयक लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्यरूपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ । लामो र मध्यम दूरीमा सवारी दुर्घटना बढ्दै गएपछि सरकारले सो व्यवस्था गर्न लागेको जनाएको छ ।

त्यस्तै, मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङग्रे सवारी चलाउँदा चालक तथा पछाडि बस्ने यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था गरेको छ । सवारी व्यवस्थापनलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरिएको सरोकारवालाको भनाइ छ । विशेष गरी राजधानीलगायत देशभर सवारी साधनको संख्यामा अत्यधिक वृद्धि हुन थालेपछि सरकारले नयाँ नियम ल्याउन लागेको हो । लामो र मध्यम दूरीका सवारी साधनमा बस्ने सबै यात्रुले सुरक्षापेटी बाँध्नुपर्ने बाध्यकारी व्यवस्था लागू भए ती सबै सवारी साधनले अनिवार्यरूपमा सुरक्षा पेटी राख्नुपर्नेछ ।

छलफलकै क्रममा रहेको सो विधेयकको विषयमा सरकारले सरोकारवालासंँग छलफल गरेर विधेयक ल्याएको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले यो व्यवस्था लागू भए सवारी सञ्चालनमा सहज हुने र सवारी दुर्घटना घट्ने दाबी गरेको खबर नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।