आस्था राउतको काउन्टरमा रेखा थापा !

काठमाडौं । गायिका आस्था राउत अहिले प्रहरीसँगको विषयलाई लिएर वि’वादमा परेकी छन् ।

अघिल्लो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था र चेकजाँचमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठबीचको भनाभन र त्यसपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आक्रोशपूर्ण आस्थाको भिडियोले गायिका आस्थालाई विवादमा ल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आस्थालाई पक्राउ पूर्जी जारी गरिएको छ । प्रहरी जवान रमिताको जाहेरी पछि गायिका आस्थाविरुद्ध प’क्राउ पूर्जी जारी गरिएको हो ।

यही बेला अभिनेत्री रेखा थापाले प्रहरीसँगको सुमधुर सम्बन्ध देखिने तस्विर सार्वजनिक गरेकी छन् । जसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले आस्थाको काउन्टरमा रेखाले तस्विर सार्वजनिक गरेको प्रतिक्रिया जनाएका छन् । उक्त तस्विरमा आएका कमेन्टहरुमा ‘धन्यवाद’लेखेकी छन् रेखाले ।

केही समय अघि माघी पर्वको अवसरमा बर्दियामा आयोजित ‘माघी मेला तथा साँस्कृतिक महोत्सव’ पुग्दा प्रहरीले दिएको सुरक्षा र प्रहरीले आफूसँग लिएको सेल्फीको तस्विर अभिनेत्री रेखाले सार्वजनिक गरेकी हुन् । सार्वजनिक तस्विरमा उनलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिएका छन् भने केही सुरक्षाकर्मीले उनीसँग सेल्फी लिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।