मन्त्री भट्टराईलाई अ’सफल पार्न सचिवकै च’लखेल

काठमाडौं, माघ १३ । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई असफल पार्ने खेलमा सचिव केदारबहादुर अधिकारी नै म’रिमेटेर लागि परेको मन्त्री निकट स्रोत बताउन्छ । सचिव अधिकारीले मन्त्री भट्टराईलाई असफल पार्न खोजको पछिल्लो खेल नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी निर्देशकको नियुक्तिलाई लिइएको छ ।

पर्यटन बोर्डको सद्श्य सचिव विप्लप पौडेलको अध्यक्षतामा बोर्डका अर्काे सद्श्य कृष्णबहादुर महरा र मन्त्रालयका सचिव घनश्याम उपाध्याय रहेको सिइओ छनौट उपसमिती बनाइएको थियो ।

उपसमितीले विज्ञका रुपमा पर्यटन मन्त्रालयका पूर्व सचिव कृष्णप्रसाद सापकोटा र सागर पाण्डेलाई राखी नौ जना मध्येबाट डा. घनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको सिफारिस गरेको थियो ।

यी मध्ये रेग्मीलाई बनाउने दाउँमा मन्त्री थिए भने सचिव अधिकारी भने बोर्डकै निर्वतमान सिइओ दीपकराज जोशी र कर्मचारी काशी भण्डारीलाई नियुक्त गर्ने पक्षमा रहेका थिए ।

सचिव अधिकारीले चाहेका व्यक्ति छनौट प्रक्रियामा नपरेपछि उनी मन्त्रीको चाहानामा बाधक बनेका छन् । मन्त्रीले अगाडी सारेका उमेदबार नियुक्ति नगर्ने खेलमा अधिकारी लागेको साघु साप्ताहिकमा खवर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।