अब वैदेशिक रोजगारीमा जाने श्रमिकले बीमाको रकम सिधै अनलाइनबाटै तिर्न सकिने

काठमाडौँ । श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार सम्झौता भएको छ । सम्झौतासँगै विदेशमा रहेका नेपाली दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बीमा भुक्तानी कम्पनी बनेको छ । बीमा कम्पनी अनलाइन प्रणालीमा आएसँगै कम्पनीका जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्नेछ र अब श्रम तथा रोजगार कार्यालयको वरिपरि रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु बाध्यताको पनि अन्त्य भएको छ । विभागले मङ्सिर १५ गतेदेखि माग प्रमाणीकरण र श्रमिक छनोट अनलाइन प्रणाली सुरु गरेको थियो र बीमा कम्पनीले यस प्रणालीमा आउन आनाकानी गरेका कारण ढिला भएको थियो ।

बीमा कम्पनी यस प्रणालीमा आएसँगै सहज भएको छ । बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग सम्झौता गरी वैदेशिक रोजगार म्यादी बीमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा बीमा नवीकरण गराउनुका साथै सोको भुक्तानीको व्यवस्था िमलाउने छ ।

अब सेवाग्राहीले बीमाको जानकारी सोझै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गराउनुपर्नेछ र अबको एक हप्ताभित्र यो सेवा प्रारम्भ गरिसक्नुपर्नेछ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले बीमा कम्पनी अनलाइन प्रणालीमा आउने सुरुवात भएसँगै श्रमिकलाई विदेशमा रहेका नेपाली दूतावासमार्फत पुनः श्रमस्वीकृति लिने बाटो खुलेको बताए ।

अहिलेसम्म श्रम स्वीकृतिको सबै काम अनलाइन प्रक्रियाबाट हुने गरेको छ । बीमा कम्पनीहरू अनलाइनमा आउन ढिला गर्दा श्रम स्वीकृतिमा ढिला र अप्ठ्यारो भएको थियो । अब यो अप्ठ्यारो हट्ने र विदेश जाने व्यक्तिले जुनसुकै ठाउँ वा इमेलको सेवाको ठाउँबाट यो सेवा लिन सक्ने छन्, उनले बताए ।

राष्ट्रिय बीमा समितिले वैदेशिक रोजगार म्यादी बीमाबापतको रकम अनलाइनबाट भुक्तानी लिनसक्ने प्रक्रियामा जान सबै बीमा कम्पनीलाई निर्देशन जारी गरिसकेको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बीमा समितिलाई अनलाइन प्रणालीमा जान कुनै समस्या नभएकाले एक साता पहिले सबै बीमा कम्पनीलाई यो प्रणालीमा जान दिर्नेशन दिइसकेको जानकारी दिए । गोरखापत्र दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।