तामाङ घेदुङ साउदी अरब पूर्वी क्षेत्रीय समिति दमामद्वारा सोनाम ल्होछार तथा प्रथम अधिवेशन सम्पन्न

साउदी ।नेपाल तामाङ घेदुङ साउदी अरब पूर्वी क्षेत्रीय समिति दमामले सोनाम ल्होछार तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।

घेदुङले ‘ सरकार सोनाम ल्होछारमा, सार्वजनिक विदा कायम गर ‘ भन्ने नाराका साथ मञ्जुश्री संवत् २८५६ औँ जीवा/नाम्युङ मुस वर्गको अवसर पारेर दमामस्थित पारागन होटेलको सभाहलमा शुक्रबार सोनाम ल्होछार समारोह तथा प्रथम अधिवेशन सम्पन्न गरेको हो ।

समारोहका प्रमुख अतिथि नेपाल दूतावासकी द्वितीय सचिव तारा गौतमले ल्होछारसँगै भिजिट नेपाल-२०२० को प्रचारप्रसार र बहिर्गमनका लागि फाराम संकलनमा सहजीकरण गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

सचिव गौतमले नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले बहिर्गमन योजना अन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरुका लागि फारम संकलन गरिरहेको बताइन् । विविध कारणले अकामा नबनेका वा नवीकरण नगरेका र कम्पनी छोडेर अवैधानिक भएका सार्वजनिक मुद्दा नलागेका नेपाल फर्काउन आवश्यक फाराम बुझाउन दूतावासका स्थानीय कर्मचारीहरुसंँग समन्वय गर्न सचिव गौतमले अनुरोध गरिन् ।
भिजन नेपाल-२०२०लाई सफल बनाउन साउदीमा क्रियाशील संघसंस्थाहरुले प्रचारप्रसारका लागि विभिन्न सामग्री उपलब्ध गराइएको सचिव गौतमले धन्यवाद दिइन् । भिजिट नेपाल-२०२०का लागि दूतावासलाई प्रचारक सामाग्री हस्तान्तरण गर्न इच्छुक संघसंस्थाहरुले अझै गर्ने सकिने बताइन् । साउदीमा रहेको महिला कामदारहरुको समस्यको बारेमा दूतावासको गुनासो डेक्समा सम्पर्क गरेर यथार्थ राख्नुस सचिव गौतमले भनिन् ।

संस्थाका महासचिव नवराज तामाङले स्वागत मन्तव्यका क्रममा नेपाल सरकारले सार्वजनिक बिदा नदिएर राणाकालीन अवस्थाको झल्को दिलाएको बताए । उनले थपे- रोजगारका लागि साउदी आएका तामाङहरुको आक्रोशलाई दूतावास मार्फत नेपाल सरकारलाई पुर्‍याउन अनुरोध समेत गरे ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष लालबहादुर लामाले ल्होछारका बारे प्रकाश पारेका थिए । कोषाध्यक्ष लामाले ल्होछार गुरुङ, तामाङ, शेर्पा लगायतको मात्र चाड नभएर सम्पूर्ण नेपाली भएको बताए । उनले थेपे- ल्होछार नेपाल सरकारले सार्वजनिक बिदा नदिएर तामाङ जातिको उपहास गरेको छ ।

समारोहमा विभिन्न राजनीति दलका प्रवास शाखा, संघसंस्था, बुद्धिजीवी, व्यवसायी लगायतले शुभकामना मन्तव्यका क्रम छोटो समय घेदुङले बृहत कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए ।

समारोहमा स्थानीय कलाकारहरुले डम्फू स्वागत गीत, म्हेन्दोमाया नाच, म्हेन्दोमाया गीत, सेलो नाच, डम्फूरे गीत लगायत अन्य नृत्य तथा गीतमा बेजोड प्रस्तुति दिएका थिए ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति विजय लामाले कार्यक्रमलाई सभ्य र भव्य बनाउन भूमिका खेलेकोमा सबैलाई धन्यवाद दिए । सभापति लामाले संस्थाको तदर्थ समिति भंग गरेर नयाँ कार्यसमिति घोषणका लागि सहज बनाइदिएका थिए ।

कार्यक्रमका प्रायोजकहरुमा सनराइज कार्गो, पृथ्वी रेमिट, ग्लोबल आईएमइ बैंक, तामाङ एकता समाज रहेको थियो । एनआरएन मध्यपूर्व सहसंयोजक जोन अर्याल, साउदी एनआरएन संरक्षक राजु सायद, व्यवसायी कुमार हुमागाई लगायतको विशेष सहयोग रहेको आयोजकले जानकारी दिए ।

उपाध्यक्ष शम्सेर तामाङले संचालन गरेको कार्यक्रममा तामाङ समुदायको मौलिक झल्काउने खप्सी, सेल, अचार लगायतका खानेकुराबाट स्वागत गरेको थियो । त्यसैगरी अतिथि स्वागतमा संस्थाकी सदस्यहरु रञ्जु तामाङ, अस्मिता तामाङ, सपना तामाङ रहेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।