हलोमा अ ड्कियो राप्रपा एकता , तीन अध्यक्षमा स हमति तर चिह्नमा वि वाद
काठमाडौं । दुई राप्रपाबीचको एकता निर्वाचन चिह्नको विवादका कारण तत्कालका लागि फेरि टरेको छ । कमल थापा नेतृत्वको राट्रिय प्रजातन्त्र पाटी र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीचमा तत्काल एकता टुंग्याएर तीनै जना अध्यक्ष रहने सहमति भए पनि अन्तिम समयमा निर्वाचन चिह्नको विषयमा विवाद हुँदा एकता टरेको हो ।
एकताका सन्दर्भमा दुबै दलका तीनै अध्यक्षबीच चरणबद्ध छलफल भइरहे पनि अन्तिम समयमा आएर तत्कालका लागि एकता टरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
‘एकताका सन्दर्भमा सबै विषयमा लगभग सहमति थियो तर निर्वाचन चिह्न के हुने भन्नेमा सहमति जुटेन,’ राप्रपा प्रचार विभाग प्रमुख श्रेष्ठले राजधानीसँग भने । महेश्वर गौतमले आजको राजधानी दैनिकमा लेखेका छन्।
दुबै राप्रपा आबद्ध नेताहरूले हाल कायम रहेका आआफ्ना निर्वाचन चिह्न रहनुपर्ने अडान लिएपछि तत्कालका लागि एकता टरेको हो । थापा नेतृत्वको दलले भने निर्वाचन चिह्नको विषय महाधिवेशनबाट टुंग्याउनेगरी सहमतिमा जान सकिने बताएको थियो ।
राप्रपा संयुक्तका प्रवक्ता जनक पाठकले महाधिवेशनबाहेकबाट नेतात्रयको सहमतिमा निर्वाचन चिह्नको विवाद मिलाउँदा एकता तत्काल हुने बताए ।
‘निर्वाचन चिह्नको विषय महाधिवेशनले टुंग्याउने अडानका कारण सहमति जुट्न सकेन, नेतात्रयले महाधिवेशनबाहेकबाट चिह्नको विवादमा सहमति खोज्दा तत्काल एकता हुन्छ, बल कमल थापाको कोर्टमा छ,’ राप्रपा संयुक्तका प्रवक्ता पाठकले भने ।
हाल थापा नेतृत्वको राप्रपाको निर्वाचन चिह्न ‘गाई’ र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तको चिह्न ‘हलो’ छ । शुक्रबारदेखि काठमाडौंमा जारी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक प्रतिवेदनसहितका अन्य प्रतिवेदन पेस गरेपछि एकताबारे दुबै दलबीचमा अन्तिम छलफल भएको थियो ।
छलफलका क्रममा एकतापछिको पार्टीमा तीन जना अध्यक्ष रहने, राप्रपालाई ५५ र राप्रपा संयुक्तलाई ४५ प्रतिशत भागबन्डा गर्ने र पार्टीको झन्डा थापा नेतृत्वको पार्टीको नै राख्ने सहमति भएको थियो ।
जारी केन्द्रिय समिति बैठकमा राप्रपाले पार्टी एकता र महाधिवेशनको दुवै विकल्प खुला राखेको छ ।
यसअघि ६ फागुन २०७३ मा राप्रपा समूहहरूको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २२ भदौ २०७४ मा पार्टी विभाजित भएको थियो । राप्रपा समुहमा स्थापनादेखि नै टुटफुटको शृंखला चल्दै आएको छ ।
हाल ‘गाई’ चिह्न रहेको राप्रपाको प्रतिनिधिसभामा एक, प्रदेश सभामा तीन र स्थानीय तहमा १५ जना प्रतिनिधि छन् ।
राप्रपाको जारी बैठकमा शनिबार सातवटै प्रदेशका अध्यक्षले आआफ्नो प्रतिवेदन पेस गरेका छन् । शनिबारबाटै सबै प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।


