काठमाडौंबाट ह टाइँदै छन् यी १८ पे ट्रोल पम्पहरु
काठमाडौं, २० माघ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगमलाई पत्राचार भइसकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी दिए । उनले पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइनेछ भने ।
काठमाडौँबाट हटाइने पेट्रोल पम्पः
कोत थुकु पेट्रोल पम्प, बालाजु । जयन्ती पेट्रोल पम्प, थापाथली । कनक पेट्रोल पम्प, कालीमाटी । मायाराम भोलाराम पेट्रल पम्प, थापाथली । बाबा पेट्रोल पम्प, कलङ्की । श्यामा पेट्रोल पम्प, कलङ्की । त्रिशूल पेट्रोल पम्प, कलङ्की । भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर । कामाख्या पेट्रोल पम्प, कोटेश्वर । जुबी पेट्रोल पम्प, बौद्ध । बराल पेट्रोल पम्प, बौद्ध । सीता पेट्रोल पम्प, महाराजगञ्ज -गोरखापत्र दैनिकबाट


