कांग्रेसकी नेतृ सुजाता कोइरालाले यसरी गरिन नेकपाको तारिफ

सिओल, दक्षिण कोरिया २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले एमसिसीका गतल प्रावधानलाई परिमार्जन गर्दै स्वीकार गर्नुपर्ने बताएकी छिन् ।

दक्षिण कोरियाको राजधानी सिओलमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो धारणा राखेकी हुन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेकी नेतृ कोइरालाले विदेशी सहयोग वा अनुदान लिँदा नेपालको विकास र समृद्धिमा टेवा पुग्ने बताईन् । तर, सहयोग वा अनुदान लिँदा नेपालले आफ्नो राष्टिय स्वार्थ र हितलाई केन्द्रमा राख्नुपर्ने उनको सुझाव छ ।

अमेरिकी सहयोग (एमसिसी) संसदबाट पारित गर्ने कि नगर्ने भन्नेबारे दलहरुबीच बहस भैरहेको बेलामा कोइरालाको यस्तो भनाई आएको हो । उनले एमसिसीको बारेमा निश्कर्ष निकाल्नेगरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदल गठन गरेकोमा खुशी व्यक्त गरिन् ।

उनले भनिन्, नेकपाले एकदमै सही कदम चालेको छ । कार्यदलले एमसिसीको बारेमा अध्ययन गर्छ । मूल कुरा हामीले आफ्नो हित हेर्नुपर्छ ।” उनले एमसिसी संसदबाट पारित गर्नुपर्ने धारणा राखिन् । तर, त्यसभित्र उल्लेख भएका प्रावधान नेपालको अहितमा भए त्यसलाई परिमार्जन गर्नुपर्ने उनको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।