अर्को अष्ट्रेलिया का,ण्ड- करोडौं हुण्डी गर्नेको खुलासा, मृगौला रो,गीको औषधिमा शिक्षण अस्पतालमा दोब्बर मूल्य (भिडियोसहित)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. ३० महिनामा निर्माण सम्पन्न हुनुपर्ने पुल ८ वर्षदेखि अ,लपत्र !
काभ्रे, २१ माघ । काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिका जोड्ने पुल ८ वर्षदेखि अ,लपत्र परेको छ । ठेकेदार कम्पनीहरुले ठेक्का लिदै छोड्दै गर्दा २०६८ सालमा निर्माण सुरु गरिएको पुल हालसम्म पनि निर्माण सम्पन्न हुन नसकेको हो ।

जापान सरकारको सहयोगमा बन्न लागेको उक्त पुल ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले साढे ७ करोडमा सम्झौता गरेको थियो । तर, कान्छाराम कन्स्ट्रक्सनले तोकिएको अवधिमा निर्माण सम्पन्न गर्न नसकेपछि जापान सरकारले उक्त कम्पनीलाई ३० लाख रुपैयाँ हर्जना तिरायो । त्यसपछि उक्त पुल निर्माणको जिम्मा नेपाल सरकारललाई सुम्पिदियो । यसैबीच झण्डै चार वर्षसम्म उक्त पुलले कुनै ठेकेदार पाएन ।

२. उपभोक्तालाई ठ,गी गर्दै शिक्षण अस्पतालको फार्मेसी
काठमाडौं, २१ माघ । मृगौला प्रत्यारोपण गरेका बिरामीहरुको अनिवार्य औषधिमा महाराजगञ्जस्थित शिक्षण अस्पतालले नै ठ,गी गर्ने गरेको पाइएको छ । प्रत्,यारोपणपछि दैनिक ३ पटक सेवन गर्नुपर्ने मायकोफिट एस ३६० नामक औषधिको एक पत्ताको अस्पतालको फार्मेसीले १२ सय रुपैयाँ लिन्छ, भने त्यही औषधिको एक पत्ता शिक्षण अस्पतालकै गेटमा रहेको फार्मेसीले ५ सय ५० देखि ६ सय २० रुपैयाँसम्म लिन्छ ।

भरतपुरका सुवासचन्द्र सुवेदीले २० महिनाअघि शिक्षण अस्तपातला मृगौला प्रत्यारोपण गरेपछि सेवन सुरु गरेका उक्त औषधि ३ महिनाअघिसम्म ६ सय रुपैयाँमै पाउँथे । तीन महिनासम्म अस्पतालमा औषधि अभाव भयो तर, केहीदिन अघि अस्पतालमा पुग्दा उनलाई सोही औषधिको मूल्य १२ सय रुपैयाँ लिइयो ।

३. अष्ट्रेलियाको मेलवर्नबाट करोडौंको हुण्डी कारोबार, वाणिज्यदुतको भूमिका शं,कास्पद !
काठमाडौं, २१ माघ । रेमिट्यान्स नेपालको एक महत्वपूर्ण आयश्रोत हो । विदेशमा भएका र रोजगारीका लागि विदेश गएका नेपालीहरुले कमाएका पैसाले उनीहरुको परिवार मात्र नभई देशकै पनि रक्त–सञ्चार हुन्छ ।

नेपाल राष्ट्र बैंकको डाटा हेर्ने हो भने, बार्षिक करीब ८ खर्ब रुपैयाँ लिगल बाटोबाट नेपाल भित्रिन्छ । तर, हिसाब गर्ने हो भने बार्षिक ८ खर्ब भन्दा बढी रकम इलिगल तरिकाबाट नेपाल भित्रिन्छ, जसलाई ‘हुण्डी’ भनिन्छ । हुण्डी हुने देशहरुमा सबै भन्दा पहिलो नम्बरमा आउछ, अष्ट्रेलिया । अष्ट्रेलियापछि अमेरिका, दक्षिण कोरिया, युरोपेली मुलुक र त्यसपछि अन्य देशहरु रहेका छन् ।

आज हामीले अष्ट्रेलियाको बारेमा विशेष चर्चा गरेका छौं । अष्ट्रेलियामा करीब १ लाख बढी नेपालीहरु छन् । सरकारी तथ्याङ्क हेर्ने हो भने करीब ४ अर्ब रुपैयाँ अष्ट्रेलियाबाट मात्रै नेपाल आउनुपर्ने हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।