भारतमा सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन, ४ खेलमा १२ गोल, सम्मानस्वरुप आर्सनलका स्टार ओजिलको जर्सी उपहार

काठमाडाैँ, २४ माघ । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् ।

चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन् । जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता बनेकी छिन् ।

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ । ओजिलका एजेन्ट इकुट सोगुटले सो जर्सी उनलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ । लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उनले तीन गोल गरेकी थिइन् । सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छिन् । सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।