भवन जिम्मा लिने सरकारी निकाय भेटिएन
धनकुटा खबर । करिब २ करोड ६६ लाख रुपैया खर्चेर १ वर्ष २ महिना अघि नै निमार्ण सम्पन्न गरिएको तत्कालिन महिला विकास कार्यालय धनकुटाको चार तले भवन जिम्मा लिने सरकारी निकाय नभेटिदा अ,लपत्र बनेको छ ।
नयाँ संरचनामा महिला विकास कार्यालय खारेजीमा परेर स्थानीय तहमा समायोजन भएपछि जिल्ला कार्यालयका लागि बनेको यो भवन कस्ले जिम्मा लिने भन्ने अझै टुंगो लागेको छैन ।
यति मात्र हैन गत बर्षको मंसिरमै भवनको निमार्णको काम सकेको साराश्रृष्टि निमार्ण सेवाले एक करोड १० लाख रुपैया भुक्तानी समेत नपाएको साराश्रृष्टि निमार्ण कम्पनीका सञ्चालक सन्तोष राईले बताउनु भयो । अन्तिम प्राविधिक मुल्यांकन सकेर भुक्तानी दावी गरे पनि रकम पाउन नसकेको निमार्ण कम्पनीले जनाएको छ ।



