से ल्फीले भेटायो १७ वर्ष पहिले छु टिएका दिदीबहिनीलाई, नर्सले चो रेकी थिइन्

एजेन्सी– दक्षिण अफ्रिकाको केपटाउनमा १७ वर्ष पहिले बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीलाई सेल्फीले भेटाइदिएको छ । जन्मिएको तीन दिनपछि कान्छीलाई एक नर्सले चोरेर लगेकी थिइन् ।

संयोगले दुवै जना एउटै स्कुलमा भेटिए । केपटाउनकी बेटी मिसेले सन् १९९७ को अप्रिल ३० मा कान्छी छोरी जन्माएकी थिइन् । त्यति बेला उनकी जेठी छोरी तीन वर्षकी मात्र थिइन् ।

२० वर्षकी मिसे ज्वानस्वाक हाइस्कुलको अन्तिम वर्षमा हुँदा त्यहाँ क्यसिडी वा उनकी बहिनी पनि भर्ना हुन्छिन् । उनीहरुका साथीहरुले तिमीहरु एस्तै देखिन्छौँ, केही नाता छ कि भनेर सोधिरहेका हुन्छन् ।

साथीहरुले निकै सोधेपछि एक दिन मिसेले सेल्फी खिचेर आफ्ना आमाबाबुलाई देखाउँछिन् । त्यसपछि उनकी आमाले भन्छिन्– यो त हाम्रो हराएकी छोरी हुन् ।

यो कुरा प्रहरीमा उजुरी गरिन्छ । उनीहरुको डिएनए परीक्षण हुन्छ । त्यसपछि ती दुई युवती दिदीबहिनी भएको पुष्टि हुन्छ । कान्छीलाई चोर्ने नर्सलाई चाहिँ त्यहाँको अदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।