निकट भविष्यमै कफाला प्रणाली ह,टाउदै साउदी अरव, विदेशी श्र,मिकहरु ला,भान्वित हुने

एजेन्सी । साउदी अरवले कफाला प्रणाली हटाउने तयारी गरेको छ । निकट भविष्यमै साउदी अरवले कफाला हटाउने तयारी गरेको साउदी अरवबाट प्रकाशित हुने सञ्चार माध्यमहरुले जनाएका छन् ।

साउदी गजेट, माल अनलाइन लगायतले सो सम्वन्धि समाचार प्रकाशित गर्दै बहुप्रतिक्षित सो घोषणा साउदी अरवले छिट्टै गर्ने श्रोतलाई उधृत गर्दै जनाएका छन् । तर समाचारमा त्यो कहिलेसम्ममा लागु हुनेछ भन्ने कुनै कुरा स्पष्ट जनाइएको छैन ।

समाचार अनुसार हालसम्म कफाला प्रणाली अन्तर्गत हुँदै आएको रोजगारदाता र आप्रवासी श्रमिकबीचको सम्वन्ध अव रोजगार सम्झौताले स्पष्ट गर्ने तयारी भइरहेको छ । सो सम्झौतामा नै दुवै पक्षको अधिकार र दायित्व स्पष्ट हुनेछ । कतारले यसअगाडी नै यस्तो घोषणा गरिसकेको छ ।

खाडी मुलुकमा आप्रवासी श्रमिकलाई आधुनिक दासको रुपमा बन्धनमा पार्ने प्रणालीका रुपमा रहेको कफाला हटाउन अन्तराष्ट्रिय समुदायको ति मुलुकहरुमाथि दवाव छ । छिमेकीको नाकावन्दी खेपिरहेको र सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्न गइरहेको कतारले एकपछि अर्को कानूनी सुधारको घोषणा गर्दै गएको सन्दर्भमा साउदी अरव लगायतलाई पनि त्यसका लागि ठूलो दवाव सिर्जना भएको छ ।

साउदी अरवले भिजन २०३० लाई अगाडी बढाएसँगै कानूनी सुधारको बाटो पनि अवलम्वन गरेको समाचारमा जनाइएको छ । साउदी अरवको नयाँ योजना अनुसार कफाला प्रणाली हटाएसँगै आप्रवासी श्रमिकले साउदी अरव छोड्न र पुनः आउन सक्नेछन् । यसका लागि रोजगारदाताको अनुमति लिनु नपर्ने तयारी भएको जनाइएको छ । रोजगार सम्झौतामा नै आप्रवासी श्रमिकलाई स्वतन्त्र रुपमा आवतजावतको अधिकार हुनेगरी तयारी गरिएको सञ्चार माध्यमले लेखेका छन् ।

सात दशकदेखि अभ्यासमा रहेको कफाला प्रणालीमा गरिने फेरवदलले साउदी अरवमा महत्वपूर्ण कानूनी फेरवदल हुने साउदी गजेटले लेखेको छ । सो प्रणाली हटाएसँगै साउदी अरवको श्रम बजारमा महत्वपूर्ण सुधार हुने समाचारमा जनाइएको छ । यसले आप्रवासी श्रमिकहरुबीच नै प्रतिस्पर्धा सिर्जना हुने, उच्च दक्ष आप्रवासी श्रमिकको साउदी अरवमा रोजगारीका लागि आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

कफला प्रणालीका कारण दक्षता भएका व्यक्तिले समेत आफू रोजगारीका लागि गएको कम्पनीमा नै बाध्य भएर काम गर्नुपर्ने, आफ्नो सीप दक्षता अनुरुपको काम अन्य कम्पनीमा खोजेर गर्न नपाउने अवस्थामा कफला हटेमा आप्रवासी श्रमिकले ठूलो राहत पाउने प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) का महासचिव अञ्जन पोखरेल बताउँछन् ।

साउदी अरवमा नै डेढ दशक बढी रोजगारी गरेर फर्किएका पोखरेल कफाला हटेमा यसले श्रमिकलाई स्वतन्त्रता हुने र उनीहरुले साउदी अरवमा नै आफूलाई बढी लाभ हुने अवसर खोज्न सक्ने धारणा राखे । “यो मानव अधिकारको विषय हो” पोखरेलले भने “हालसम्म साउदी अरेविया पुगेर नै कुनै व्यक्तिले कुनै दक्षता हासिल गरेको भएमा पनि सो दक्षता अनुरुप अन्यत्र काम खोजेर बढी आयआर्जन गर्न नपाईरहेका आप्रवासी श्रमिकलाई कफाला हटेमा लाभ हुनेछ ।”

खाडीका कतिपय मुलुकहरुमा स्पोन्सरशिप सिष्टम भनिने कफाला प्रणालीका कारण आप्रवासी श्रमिकले आफूलाई सो मुलुकमा रोजगारीका लागि निम्त्याउने रोजगारदाताको अनुमति विना सो मुलुक छोडेर स्वदेश फर्किन समेत नपाउने व्यवस्था छ । यसले आप्रवासी श्रमिकलाई ति मुलुकमा प्रवेशलाई सहज भएपनि बहिर्गमन रोजगरदाताको ईच्छामा भर पर्ने गर्दछ । यहि कारण ति मुलुकमा आप्रवासी श्रमिकको शोषण भइरहेको भन्दै अन्तराष्ट्रिय समुदायले कफाला हटाउनु पर्ने आवाज बर्षौंदेखि उठाउँदै आएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।