४० वर्षपछि छिन्ताङ्गका स,हिद परिवारले पाए राहात

धनकुटा खबर । श,हादत प्राप्त गरेको चालिस वर्ष पछि छि,न्ताङ्गका १६ जना स,हिदका सहिद परिवारहरुलाई प्रदेश सरकारले रा,हात प्रदान गरेको छ । छिन्ताङ्गका सहिद परिवारहरुलाई प्रदेश नं १ को सरकारले वुधवार एक कार्यक्रमको आयोजना गरि नगद पाँच-पाँच लाख रुपैया आर्थिक नगद राहात स्वरुप प्रदान गरेको छ ।

सहिदभूमी ३ को पञ्चकन्यामा आयोजित कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स,हिद परिवारलाई राहात रकम हस्तान्तरण गर्नुभएको छ । उक्त हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री शेरधन राईले स,हिदहरुकै व,लिदानको उर्जाले नै नेपालमा प्रजाान्त्रिक र गणतान्त्रिक उपलव्धीहरु हासिल भएको चर्चा गर्नुभयो ।

मुख्यमन्त्री राईले स,हिदहरुकै योगदानका कारण अहिले मुलुकमा कुनैपनि नि,रंकुशतन्त्रको गु,ञ्जायस नभएको चर्चा गर्दै राज्यका सवै सेवा सुविधाहरु आम नागरिकहरुलाई स,र्वसुलभ पुराउन सकिन्छ भन्नेमा प्रदेश सरकार सं,वेदनशील भएको उल्लेख गर्नुभयो । उहाँले स,हिदहरुकै सम्मानका लागि सहिदभूमीलाई नमूना गाँउपालिका वनाउने प्रदेश सरकारले निर्णय गरेको समेत वताउनुभयो ।

सोही कार्यक्रममा प्रतिनिधी सभाका सदस्य राजेन्द्र राईले लामो समयको अन्तराल पश्चात छिन्ताङ्गका स,हिदहरुको सम्मान भएको र यो खुशीको क्षण भएको चर्चा गर्दै अव सम्पूर्णवर्ग काममा लागिपर्नुपर्ने आवश्यक भएको वताउनुभयो । यसैगरि प्रदेश नं १ का संघिय समाजवादीका संसदीय दलका नेता जयराम यादवले सहिदहरुकै योगदानका कारण संघिय गणतान्त्रिक नेपालको सम्भव भएको वताउनुभयो । यसैगरि धनकुटा जिल्ला क का प्रदेश सभा सदस्य निरन राईले स,हिदको र,ग,तले सिञ्चित सहिदभूमिको विकासका लागि प्रदेश , संघ सवै लागिपर्नुपर्ने र विशेष ध्यान दिन आवश्यक भएको वताउनुभयो ।

राहात हस्तान्तरण कार्यक्रममा सहिदभूमि गाँउपालिकाका अध्यक्ष मनोज राईले स्वागत मन्तव्य राख्नु हुँदै सहिदभूमिको विकासका लागि प्रदेश सरकार समक्ष विशेष आग्रह गर्नुभएको थियो ।

राहात प्राप्त गरेपश्चात स,हिदपुत्र वलराम राईले ढीलै भएपनि राज्यले सहिद परिवारलाई सम्मान गरेकोमा खुशी प्रकट गर्नुभयो । यद्यपी स,हिदपुत्र राईले यसलाई राहात भन्दा पनि सहयोग र सम्मानको रुपमा लिएको भए अझ उ,त्कृष्ठ हुने विचार व्यक्त गर्नुभयो । यसैगरि अर्का स,हिदपुत्र भलकमान राईले सरकारले सहिदहरुले दिएको योगदानको प्रदेश सरकारले मुल्याङ्कन गरेको प्रति आ,भार प्रकट गर्नुभयो । यद्यपी सहिद परिवारहरुलाई राजनीतिकरुपमा अझै पनि नीति निर्माण तहमा पुराउन नसकेको प्रति भने गु,नासो व्यक्त गर्नुभयो ।

कार्यक्रममा खोकु छिन्ताङ्ग दु,ख्यौ की अरुण सुसाउदाका गायक किशोर थुलुङ्गले सोही गीत प्रस्तुत गर्नुभएको थियो भने साविक छिन्ताङ्ग गाँउको मौलिक संस्कृती ढोल्की नाँच समेत प्रस्तुत गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।