नेपालको म हिला क्रिकेट आईसीसी बरियतामा य थावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला बरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो । यसअघि सार्वजनिक गरेको अघिल्लो बरियतामा पनि नेपाल १४ औँ स्थानमै रहेको थियो ।

नयाँ बरियतामा नेपालले २० खेलमा १२९ रेटिङ अङ्क प्राप्त गरेको छ । महिला बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी इंग्ल्यान्ड तेस्रो, भारत चौँथो तथा वेस्टइन्डिज पाँचौं स्थानमा छ ।

नेपाली महिला टोलीले गत मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।