ह डपिएका जग्गा यकिन गरिँदै, पहिलो चरणमा नापजाँच गरेर खा ली गराइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले संघीय राजधानी काठमाडौंका विभिन्न ठाउँमा अतिक्रमित सरकारी जग्गाको नापजाँच गर्दै यकिन गर्ने तयारी थालेको छ । राजधानीका ४२ बढी स्थानमा अतिक्रमित सयांै रोपनी सरकारी जग्गाको वास्तविक क्षेत्रफल पत्ता लगाउने गृहकार्य थालिएको हो । जिल्ला प्रशासन कार्यालयको योजनाअनुसार पहिलो चरणमा अतिक्रमित जग्गाको नापजाँच गरिने र दोस्रो चरणमा जग्गाा खाली गराइनेछ ।

सरकारी जग्गा हडप्नेविरुद्ध आक्रामक कारबाही थाल्ने योजनामा रहेको जिप्रकाले आगामी सातादेखि नै अतिक्रमित जग्गाको नापजाँच गर्ने गरी योजना तय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । यसका लागि प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मालपोत, नापी, जिल्ला समन्वय समिति, नगरपालिका र प्रहरीको प्रतिनिधि रहेको छानबिन टोली गठन गरिएको छ । यो खबर भवनाथ प्याकुरेलले आजको राजधानी दैनिकमा लेखेका छन् ।

टोलीले यसै सातादेखि अतिक्रमित जग्गाको क्षेत्रफल पत्ता लगाउने दाहालले जनाए । उनले पहिलो चरणमा जग्गा छानबिन समितिले स्थलगत निरीक्षण गरी नापजाँच गरी यकिन गरिने बताए । ‘कब्जा गरिएको जग्गा पहिलो चरणमा नापजाँच गरिने र दोस्रो चरणमा संरचनाहरू भत्काएर खाली गरिनेछ,’ उनले भने ।

राजधानीका विभिन्न स्थानमा नेता, भूमाफिया र कर्मचारीको मिलेमतोमा वर्षौं अघिदेखि सरकारी जग्गा अतिक्रमण हुँदै आएको छ । विगत लामो समयदेखिको राजनीतिक अस्थिरता र संक्रमणका कारण राजधानी मात्रै नभएर देशभरका सहरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा पर्दै आएको छ ।

विभिन्न उजुरी र आफ्नै अध्ययनका आधारमा अतिक्रमित स्थानको पहिचान गरे पनि स्थानीय तहहरू अतिक्रमण हटाउने विषयमा संवेदनशील नबन्दा केही समस्या आएको प्रशासन कार्यालय स्रोतले जनाएको छ । तर, यसका अलावा जिप्रकाले आफ्नै अगुवाइमा सार्वजनिक जग्गा कब्जामुक्त अभियान सञ्चालन गर्न लागेको हो ।

केही महिनाअघि दाहालले अतिक्रमण हटाउने पहलकदमी स्वरूप काठमाडौंका १० वटै स्थानीय तहका प्रमुखलाई बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा स्थानीय तहका प्रमुखले आ–आफ्नो क्षेत्रबाट अतिक्रमण हटाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर, उनीहरू प्रतिबद्धता पूरा गर्न चासो दिएका छैनन् । सार्वजनिक क्षेत्र, खोला किनार, वन क्षेत्र, खेलकुद मैदान, विद्यालय, सडकको जग्गा बढी अतिक्रमणमा परेका छन् ।

जिप्रका सम्मिलित जग्गा छानबिन समितिले काठमाडौंको साविक गोंगबु–६, सामाखुसी, साविक कामनपा–७ को गुरु दीर्घायु हस्पिटल, कामनपा–३ र कामनपा–२५ मा रहेको जग्गा नापजाँच गर्नेछ । त्यस्तै, सतुंगलस्थित एपोलो इन्डस्ट्रिज, कामनपा–१४ टेकु, साविक पचली भद्रकाली गाविस १, कामनपा–१० साविक कामनपा वडा–४ मा घरटहरा भएको स्थान, कामनपा भिमसेनगोला, कामनपा–१५ को डल्लु बजारको राजकुलो, साविक सीतापाइला गाविस–४ मा नापजाँच गर्ने भएको हो ।

यसैगरी, टोलीले साविक सतुंगल गाविस–९, कामनपा साखुँका विभिन्न जग्गा, साविक बालाजु गाविस–९ मा पर्ने बाटो क्षेत्र, कामनपा–१० धोबीखोला करिडोर, काठमाडौंको स्युचाटार–८ मा काष्ठमण्डप ल्यान्ड डेभलपरले कब्जा गरेको ऐंलानी जग्गा र साविक महाकाल गाविसमा व्यक्तिले अतिक्रमण गरेको जग्गामा पनि क्रमशः नापजाँच गरेर वास्तविक क्षेत्रफल पत्ता लगाइने जिप्रका काठमाडौंले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖