यी हुन् न क्कली प्र माणपत्र पे स गरेर स रकारी जा गिर खानेहरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ ।

बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सार्वजनिक संस्थानका कर्मचारी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेरै सरकारी सेवा प्रवेशदेखि बढुवासमेत भएको पाइएको छ । त्यस्ता कर्मचारीविरुद्ध अख्तियारले उजुरीका आधारमा अनुसन्धान गरेर मुद्दा दर्ता गरेको हो । यो खबर निराजन पौडेलले आजको राजधानी दैनिकमा लेखेका छन् ।

शैक्षिक प्र्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा फेला परेपछि ४ फागुनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनले बिहारको संस्कृत शिक्षा बोर्डबाट पास गरेको नक्कली प्रमाणपत्र किनेर ल्याएको खुलेपछि मुद्दा दर्ता भएको हो ।

४ फागुनमै अख्तियारले ओखलढुंगाको बालादेवी आधारभूत विद्यालयका अवकाशप्राप्त शिक्षक खेटराज बरालविरुद्ध नक्कली शैक्षिक प्र्रमाणपत्र देखाएर सेवा प्रवेश गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । २४ वर्षे सेवा अवधि पूरा गरेर उनले २९ फागुन २०७५ मा शिक्षकबाट अवकाश लिएका थिए । उनले पनि भारतको बिहारस्थित मिथिला संस्कृत विश्वविद्यालयबाट मध्यमा तहको परीक्षा पास गरेको नक्कली प्रमाणपत्र ल्याएर शिक्षक सेवामा प्रवेश गरेको भेटिएको छ ।

त्यस्तै, साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायले सेवा र पदोन्नतिका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि उनीमाथि मुद्दा दर्ता भएको छ । उनले पनि बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा तहको परीक्षा पास गरेको झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी साझा प्रकाशन शाखा कार्यालयमा पेस गरेका थिए ।

त्यस्तै, ७ फागुनमा प्र्रहरी नायब निरीक्षक मुकुन्दप्रसाद उपाध्यायले बिहारको संस्कृति शिक्षा बोर्डबाट मध्यमा तह उत्तीर्ण गरेको सर्टिफिकेट ल्याएर सरकारी सेवामा प्रवेश गरेको पाइएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । उनले अहिलेसम्म लिएको सेवा सुविधासमेत जफत गर्न अख्तियारले माग गरेको छ ।

१३ फागुनमा अख्तियारले तीन जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवा सुविधा लिएको अनुसन्धानमा खुलेपछि विशेष अदालतमा मुद्दा दर्ता ग¥यो । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कालीगण्डकी ए जलविद्युत् आयोजना स्याङ्जामा कार्यरत सुपरभाइजर चक्रपाणि भट्टराईविरुद्ध शैक्षिक योग्यताको प्र्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि मुद्दा विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनले विद्युत् प्राधिकरणको ४ तहको सिनियर वेल्डरमा प्रवेश गर्दा भारतको वाराणसी हाई स्कुल तहको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए । सोही प्रमाणपत्रका आधारमा पाँचौं तहमा प्रवेश गरेको अनुसन्धानमा खुल्न आएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

त्यस्तै, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौंमा नृत्य कलाकार (तह ५) पदमा कार्यरत अञ्जु रञ्जितकारको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेपछि मुद्दा दर्ता गरिएको छ । नृत्य प्राविधिक सेवा (कलाकार समूह) तह ४ पदमा स्थायी नियुक्ति लिई नृत्य कलाकार तह ५ पदमा विशेष बढुवाका लागि जनज्योति माध्यमिक विद्यालय, नवलपरासीबाट कक्षा १० (सेन्टअप) उत्तीर्ण गरेको झुटा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भेटिएको थियो ।
बेंसीसहर नगरपालिका, गण्डकी प्रदेशमा कार्यरत टाइपिस्ट नायब सुब्बा गीता अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि विशेष अदालतमा मुद्दा दर्ता भयो । उनले सेवा प्रवेश गर्दा पेस गरेको प्रमाणपत्र बिहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट एसएलसी पास गरेको नक्कली भएको तथ्य भेटिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

१५ फागुनमा अख्तियारले तीन जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा मुद्दा दर्ता ग¥यो । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद दलालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि मुद्दा दर्ता भयो । उनले बिहार इन्टरमिडिएट शिक्षा परिषद् पटना भारतबाट इन्टरमिडिएट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको तथा बढुवा नियुक्ति भएको अनुसन्धानमा खुल्न आएपछि मुद्दा दर्ता गरिएको हो ।

त्यस्तै, सांस्कृतिक संस्थान जमल, काठमाडौंका नृत्य कलाकार, तह–५ का नरेन्द्रकुमार आले मगरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको थियो । सिद्धेश्वर माध्यमिक विद्यालय बुटवल रूपन्देहीबाट कक्षा १० उत्तीर्ण गरेको नक्कली, झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिई हालसम्म कार्यरत मगरविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ ।

सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कञ्चनपुरका शिक्षक इन्द्रसिंह थापा जाली अवैध शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा कार्यरत रहेकै अवस्थामा अख्तियारको फन्दामा परे । विद्यालयका शिक्षक इन्द्रसिंह थापाले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश वाराणसीअन्तर्गतको ड्रमन्ड इन्टर कलेज पिलिमित भारतबाट हाइस्कुल तह उत्तीर्ण गरेको झुटा शैक्षिक प्रमाणपत्र पेस गरेको भेटिएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
१९ फागुनमा अख्तियारले शिव प्रावि वेग–६ मा कार्यरत शिक्षिका दुतकुमारी गर्बुजाको देश बाहिर (भारतीय) बोर्डबाट जारी गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान थाल्यो ।

अनुसन्धानको क्रममा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुटा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी २०५६ सालमा निजी स्रोतबाट प्रावि शिक्षकका रूपमा सेवा प्रवेश गरेको भेटिएको थियो । उनले २३ भदौ २०६१ मा प्रावि तह अस्थायी शिक्षक पदमा नियुक्त भई २९ चैत २०७५ मा स्थायीसमेत भई काम गरेको भेटिएपछि विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
२० फागुनमा शान्ति विद्यागृह मावि लैनचौर काठमाडौंमा कार्यरत माध्यमिक शिक्षक तृतीय (शिक्षक) दीपकबाबु अर्यालविरुद्ध नक्कली शैक्षिक प्र्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्र्रवेश गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भयो । अख्तियारको अनुसन्धानमा उनले बीएससी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी स्थायी शिक्षक सेवामा रहेको भेटिएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । भारतको मगध विश्वविद्यालय बिहारबाट नक्कली बीएससी प्रमाणपत्र बनाएर सरकारी सेवामा प्रवेश गरेका थिए । सोही प्रमाणपत्रका आधारमा अर्यालले २५ जेठ २०५७ मा माध्यमिक शिक्षक तृतीय पदमा अस्थायी नियुक्ति र २९ भदौ २०६३ मा स्थायी नियुक्ति लिएका थिए ।

२१ फागुनमा अख्तियारले एक विद्यालयका शिक्षक र प्रहरीविरुद्ध नक्कली शैक्षिक प्र्रमाणपत्रका आधारमा विशेष अदालतमा मुद्दा दर्ता ग¥यो । कालिका प्राथमिक विद्यालय तनहुँको बालविकास तह सहयोगी कार्यकर्ता पदमा कार्यरत शिक्षिका कमला वाग्ले (कोइराला)को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा छानबिन पछि मुद्दा दर्ता गरिएको थियो । अख्तियारले वाग्लेले सेवा प्रवेश गर्दा माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भेटिएपछि मुद्दा दर्ता गरेको हो ।

त्यस्तै, नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लामो समयदेखि सरकारी पद धारण गरेको पाइएपछि मुद्दा दर्ता भएको छ । उनले मगध विश्वविद्यालय बोधगया भारतबाट बिकम उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्र प्रमाणीकरण विवरणबाट झुटा भन्ने पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

२३ फागुनमा अख्तियारले युवा प्राथमिक विद्यालय, गोइठी टिकुलिया, महोत्तरीका शिक्षिका पवन देवीले नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाई पेस गरी सोही आधारमा राहत महिला शिक्षक अनुदानमा नियुक्ति लिएको अनुसन्धानमा खुल्न आएपछि अदालतमा मुद्दा दर्ता भएको छ । त्यस्तै, हुलाक कार्यालय, कञ्चनपुरमा कार्यरत टाइपिस्ट प्रेमसिंह कार्कीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि मुद्दा दर्ता गरिएको छ ।

२७ फागुनमा अख्तियारले भूमिराज प्राथमिक विद्यालय बडम डडेल्धुराका राहत शिक्षिका (प्रधानाध्यापक) कलापतिकुमारी शर्मा भनिने कलापतिदेवी अवस्थीको शैक्षिक योग्यताका प्रमाण–पत्र नक्कली भेटिएपछि मुद्दा दर्ता गरेको छ । उनले भारतको माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय इलाहाबादबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएर राहत दरबन्दीमा काम गरेकी थिइन् । उनले १ मंसिर २०५७ देखि २४ पुस २०६१ सम्म शिक्षक भएर काम गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।