४२ सहसचिवको स रुवा र प दस्थापन, को कहाँ ?

काठमाडौं । सरकारले हालै सहसचिवमा बढुवा भएका ३७ जनाको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन गरेको छ भने पाँच जना सहसचिवको सरुवा गरेको छ ।

सरुवा हुनेमा अर्थ मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेलाई प्रदेश २को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी,प्रदेश २ का सामाजिक विकास मन्त्रालयका भरतमणि सुवेदीलाई प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई विराटनगर महानगरपालिकामा, राष्ट्रिय महिला आयोगका दीपेन्द्र काफ्ले तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

यसैगरी, बढुवा भएकामध्ये सुरेशप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, भेषबहादुर कार्कीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, बैकुण्ठनिधिशर्मालाई जितपुर सिमरा उपमहानगरपालिकामा, धु्रवकुमार पोखरेललाई पोखरा महानगरपालिकामा, भीमसेन तिमिल्सिनालाई थारू आयोगमा, शान्ता अधिकारीलाई राष्ट्रिय महिला आयोगमा, ध्रुव गैडालाई प्रदेश २ को प्रदेश प्रमुखको कार्यालयमा, कैलाशराज पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।

यसैगरी बढुवा भएकामध्ये कृष्णप्रसाद पराजुलीलाई प्रधानमन्त्री कार्यालयमा, शैलजा रेग्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, सरोजप्रसाद गुरागाईंलाई गृह मन्त्रालयमा,बाबुराजा श्रेष्ठलाई नेपाल ट्रस्टको कार्यालयमा, राजीव पोखरेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, शिवादेवी दाहाल र शम्भु मरासिनीलाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ ।

त्यस्तै, गृहमन्त्रालयमा पदस्थापन हुनेमा दीपकराज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद बिमली, ज्ञानप्रसाद ढकाल, शंकरहरी आचार्य, वासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, हरिप्रसाद घिमिरे, दीपककुमार पहाडी, कोशहरि निरौला, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मी रहेका छन् ।

यसैगरी ख्यामबहादुर थापालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, शंकर नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, विदुरप्रसाद खनाललाई धरान उपमहानगरपालिकामा, कृष्णबहादुर बोहोरालाई धनगढी उपमहानगरपालिकामा, नरनाथ गिरीलाई इटहरी उपमहानरपालिकामा, कृष्णप्रसाद लम्साललाई लोकसेवा आयोगमा, ओमबहादुर खड्कालाई नेपालगन्ज उपमहानगरपालिकामा, प्रदीपराज अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, कविराज पौडेललाई हेटौंडा उपमहानगरपालिकामा, भूमिराज शर्मालाई वीरगन्ज महानगरपालिकामा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।