बा लविवाह रो क्न कार्डमै बेहुला-बेहुलीको जन्ममिति

काठमाडौं, फागुन २९ । उमेर नपुगी बिहे गर्दा कानुन लाग्छ। उमेर पुगेको प्रमाण थाहा पाउने कसरी? त्रियुगा नगरपालिकामा अभियान चलाइएको छ– निमन्त्रणा कार्डमै उमेर खुलाउने।

त्रियुगा–१२ त्रिवेणी टोलकी २५ वर्षीया साजना चौधरीको विवाहको कार्ड उमेर खुलाएर छापिएको छ। उनको विवाह त्रिनपा–१३ वहेडवाका २५ वर्षीय मनोज चौधरीसँग हुँदै छ।

त्यस्तै, त्रिनपा–४ वगाहाकी सिर्जना कार्की र प्रकाश बस्नेतका अभिभावकले पनि जन्ममिति खुलाएर कार्ड छापे। दुवैको जन्ममिति कार्डको माथिल्लो भागमा छापिएको छ।

गाईघाटका अफसेट प्रेसमा छाप्न ल्याइएका विवाह कार्डमा उमेर खुलाइएको छ। जन्मदर्ताअनुसार मिति मिले–नमिलेको हेरेर मात्र कार्ड छापिने गरेको लक्ष्मी अफसेट प्रेसका सञ्चालक सुनील महतोले जानकारी दिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा भरत खड्काले लेखेका छन्।

जन्मदर्ताबिना छाप्न आएकालाई फर्काउने गरेको उनले बताए। उनले भने, ‘धेरैजसो जन्मदर्ताबेगर आउँछन्, लिएर आए मात्रै छाप्छौं भनेपछि कोही नछापीकनै फर्कने गरेका छन्।’

जन्मदर्ताबेगर आएका कार्ड नछापीकनै फर्काइने गरेको कार्की छापाखानाका सञ्चालक हिमाल कार्की बताउँछन्।

जिल्लामा बालविवाह नरोकिएपछि सरकारी र गैरसरकारी निकायले विवाहको कार्डमै उमेर खुलाउन अभियान चलाएका छन्। अभियानमा छापाखाना र परिवार राजी भएका छन्।

सामाजिक अभियन्ता महेश्वरी राईले भनिन्, ‘विवाह हुन लागेका दुवै जना बालबालिकाभित्र पर्दैनन् भन्नका लागि कार्डमै जन्ममिति लेखिएको हो।’

बालविवाह नरोकिएपछि अभियानलाई परिवर्तन गरिएको बाल हेल्पलाइन १०९८ का संयोजक शिरोमणि खतिवडा बताउँछन्। उनले भने, ‘लुकिछिपी उमेर ढाँटेर गरिने बालविवाहको क्रम बढेकाले त्यसलाई निरुत्साहन गर्न कार्डमा उमेर खुलाइएको हो।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।