५० लाखसम्म ऋ ण लिन अब कर प्र माणपत्र न चाहिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा ५० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कम्पनी तथा फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले विहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई टेकेर बैंक तथा वित्तीय संस्थाहरुलाई औपचारिक रुपमा सर्कुलर जारी गरेपछि कर्जा लिने र नवीकरण गर्नेले कर चुक्ता प्रमाणपत्र पेश गर्नु नपर्ने भएको हो ।

यसअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सैद्धान्तिक रुपमा उल्लेख गरे पनि यो लागू भएको थिएन । गत २ फागुनमा अर्धवार्षिक समीक्षा जारी हुनुभन्दा अघिसम्म कर चुक्ता प्रमाणपत्र पेश गरेपछि मात्रै ऋण लिन पाइने व्यवस्था थियो ।पूर्णभक्त दुवालले आजको राजधानी दैनिकमा लेखेका छन् ।

नेपाल राष्ट्र बैंकले यसअघिको एकीकृत निर्देशनको बुँदा नम्बर ३१ लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले फर्म वा कम्पनीहरुलाई ५० लाख रुपैयाँसम्मको कर्जा प्रदान गर्दा वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र वा अद्यावधिक कर चुक्ता प्रमाणपत्र लिन अनिवार्य हुने छैन भनी उल्लेख गरेको छ ।

राष्ट्र बैंकले ल्याएको निर्देशिकाले कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेपछि व्यावसायिक फर्मलाई ऋण लिनका लागि कठिन भएको थियो ।

यही चुक्ता प्रमाणपत्रकै कारण बैंकहरुमा साना ऋणीहरुलाई समस्या परेको र कर्जाको माग घट्दै गएको भन्दै बैंकहरुले यसलाई संशोधन गर्नुपर्ने आवाज उठाएका थिए ।

५० लाखभन्दा बढी र २ करोड रुपैयाँसम्मको कृषि, पर्यटन एवं साना तथा मझौला उद्योग/पेशा/व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान वा नवीकरण गर्न सकिने पनि सर्कुलरमा उल्लेख छ । यद्यपि साना तथा मझौला उद्योगमा नपरेका र २ करोडभन्दा बढीको कर्जा लिने कुनै पनि फर्म वा कम्पनीलाई कर्जा प्रदान गर्दा वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र लिएर मात्र कर्जा प्रदान वा नवीकरण गर्नुपर्ने हुन्छ ।

यसैगरी आफ्नै प्रयोजनको लागि निर्माण तथा खरिद गरिने पहिलो घर कर्जाको लागि भने करयोग्य आयको हकमा कर दाखिला कागजातको आधारमा कर्जा लिन वा नवीकरण गर्न सकिने पनि सर्कुलरमा उल्लेख छ । यसरी कर्जा लिदा वा नवीकरण गर्दा ऋण भुक्तानी आम्दानी अनुपात बढीमा ६० प्रतिशत बनाउन पाइने भएको छ । अर्थात मासिक आम्दानीको ६० प्रतिशतसम्म कर्जाको किस्ता हुने परिमाण बराबरको ऋण लिन पाइने भएको छ । यसअघि यस्तो किस्ता बढीमा ५० प्रतिशत मात्रै बनाउन पाइने व्यवस्था थियो ।

यस्तै, काठमाडौं उपत्यकामा घर जग्गा व्यवसाय गर्न ऋण लिँदा सो घर वा जग्गाको धितो मूल्यांकनको ५० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ । यसअघि यस्तो कर्जाको सीमा ४० प्रतिशत थियो । काठमाडौं उपत्यकाको हकमा भने धितो मूल्यांकनको ६० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ ।

राजधानीभित्र ऋण मूल्य अनुपात ५० प्रतिशत र राजधानीबाहिर ६० प्रतिशत तोकिएको छ । व्यावसायिक फार्म तथा कम्पनीलाई कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपरेपनि व्यक्तिगत कर्जा र २ करोड भन्दा माथिको कर्जाका लागि अनिवार्य रुपमा कर चुक्ताको प्रमाण पेश गर्नु पर्ने प्रावधान रहेको छ ।

विहीवार जारी गरेको सर्कुलरमा साँवा ब्याज लगातार भुक्तानी गरेपनि २ वर्षदेखि खुद नोक्सानीमा रहेका फार्म, कम्पनी वा संस्थाको कर्जालाई सुक्ष्म निर्देशनमा राख्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ ।

निर्माणाधीन अवस्थामा रहेका परियोजनालाई प्रदान गरिएको कर्जाको हकमा परियोजनाले व्यावसायिक उत्पादन शुरु गरे पश्चात दुई आर्थिक वर्षको वित्तीय विवरणको आधारमा मात्र यो व्यवस्था लागू हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
साथै प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह भएको कर्जाको हकमा यस्तो अवधिलाई तीन वर्ष कायम गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्थामा आवश्यकताअनुसार पुनरावलोकन गरिने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।