ओली अ स्पतालमा हुँदा सु स्तायो राजनीतिक गतिविधि

काठमाडौं, ३० फागुन । मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ। सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएकाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताको भेटघाटसमेत सुस्ताएको छ।

फागुन १८ पछि नेकपाको सचिवालय बैठकसमेत बसेको छैन। कार्यकारी अध्यक्ष पु्ष्पकमल दाहालले पार्टी सचिवालयको बैठक बोलाएका छैनन् भने प्रधानमन्त्री नै अस्पतालमा बसेपछि मन्त्रिपरिषद्को बैठक पनि बस्न सकेको छैन। गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएयता दाहालले दुईपटक सचिवालय बैठक बोलाएका थिए। प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएपछि उनले बैठक बोलाएका छैनन्।

गत साता दाहाल पनि रुघा लाग्यो भनेर दुई दिनसम्म निवासमै आराम गरेर बसेका थिए। त्यसपछि शनिबार भैंसेपाटीस्थित वामदेव गौतमको घरमा पुगेर भेटघाट गरेका थिए। आइतबार चितवनमा नेकपा जिल्ला कमिटीको बैठकमा सहभागी भएर काठमाडाैं आएपछि उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए। डेढ सातादेखि दाहाल कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

दाहालले राष्ट्रपति भण्डारीसँग पार्टी उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा कुराकानी गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि गौतमलाई राष्ट्रियसभामा लैजाने दाहालले बताएका छन्। दाहाल पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुसँग निरन्तर सम्पर्कमा छन्। निवासमा आउने नेताहरुसँग अध्यक्ष दाहालले भेटघाट गरिरहेको उनी निकट स्रोतले बतायो। यो खबर आजको नागरिक दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।