कोरोना कहर – धनकुटाका ७ वटै तहद्वारा ब्रिफिङ (कोरोना रो,क्न अहिलेसम्म के-कस्ता कामहरु गरियो ?)
ईश्वर थापा, धनकुटा । विश्वव्यापी महामा,रीको रुपमा फै,लिएको कोरोना भाइरस (कोभिड–१९) को सं,क्रमणलाई रो,क्न पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले गरेका कार्यहरुको नेकपा धनकुटाले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
जिल्लाका सातै तह नेकपाले जितेको स्थानीय तहहरुले हालसम्म कोरोना भाइरसको सं,क्रमणलाई रोक्न गरेका मुख्य–मुख्य कार्यहरुको पत्रकार सम्मेलनमा स्थानीय तहका सातै जना प्रमुखहरुले प्रस्तुत गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको निर्देशन अनुसार पार्टीको स्थानीय कमिटी र स्थानीय तहहरुले गरेको कामको विवरण आम नागरिक सामु पु¥याउन आवश्यक रहेकाले पत्रकार सम्मेलन गरिएको नेकपा धनकुटाका अध्यक्ष एवम् प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले बताउँनुभयो । अहिले मुलुक मानव अस्तित्वलाई जोगाउने विषम परिस्थितिबाट अगाडी बढी रहेको उल्लेख गर्दै पार्टी अध्यक्ष राईले कोरोना भाइरसको सं,क्रमण हुनबाट आफु बच्न र अरुलाई बचाउने अभियानमा सहयोग गर्न आम धनकुटेली नागरिकहरुलाई आग्रह समेत गर्नुभयो । विश्वभर महामा,रीको रुपमा फैलिएको कोरोना भाइरसको सं,क्रमणबाट बच्नको लागि एकमात्र विकल्प लकडाउन भएकाले यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नोतर्फबाट सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले कोरोना भाइरस सं,क्रमणलाई रोक्न गरिएको पहल र त्यसबाट सृजना भएको विषम परिस्थितिको अहिलेसम्म स्थानीय तहहरुले गरेका कार्यहरुको विवरण नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले प्रस्तुत गरेका थिए । लकडाउनको कारण मारमा परेका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, विपन्न परिवार, दलित, गरिब लगायतका परिवारहरुलाई राहत वितरण गर्न शुरु गरिएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । स्थानीय तहहरुले राहत वितरणको मापदण्ड तयार गरेर राहत वितरण गर्दै आएको स्थानीय तहहरुले बताएका छन् । जस अन्तरगतः
धनकुटा नगरपालिकाले नगर क्षेत्रभित्रका २ हजार २ सय ९३ घरधुरीलाई राहत वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताउँनुभयो । नगरपालिकाले ३९ लाख ४८ हजार ५ सय २० रुपैयाँ बराबरको दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, तेल, हातधुने साबुन खरिद गरेर वडाध्यक्षहरुको रोहबरमा घर–घर गएर राहत वितरण गरेको थियो । धनकुटा नगरपालिकाले कारोना भाइरसको सं,क्रमणलाई आइसोलेसन वार्ड र क्वारेनटाइन निर्माण गर्नको लागि १० लाख रुपैयाँ उपलब्ध गराएको छ । नगरपालिकाले नगर क्षेत्रमा कोरोना भाइरस विरुद्धको अभियानलाई सफल बनाउन माइकिङ गर्ने, जनचेतना मुलक व्यानरहरु टाँस गर्नुको साथै नगर क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, नगर प्रहरीलाई पिपिई लगायतका सामग्री खरिदको लागि ५ लाख रकम विनियोजन गरिएको नगर प्रमुख तामाङले बताउँनुभयो ।
महालक्ष्मी नगरपालिकाले ६ सय १८ घरधुरीलाई १२ लाख बराबरको राहत वितरण गरेको छ । नगरपालिकाले कोरोना भाईरसको संक्रमण रोक्ने अभियान अन्तरगत जनप्रतिनिधिहरुको एक महिनाको सेवासुविधा सहितको ३० लाख बराबरको प्रकोप व्यवस्थापन कोषको स्थापना गरी कार्य गरिरहेको नगरपालिकाकी उपप्रमुख मञ्जु कार्की अधिकारीले बताउँनुभयो । सो नगरपालिकाले स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई ४० थान पिपिई, ७ हजार थान सर्जिकल मास्क, २ हजार थान सर्जिकल ग्लोब्स र एक थान थर्मगन वितरण गरेको छ । त्यस्तै नगरपालिका क्षेत्रमा १० वेड सहितको क्वारेनटाइन केन्द्र निर्माण गरेको छ भने अन्य ८ स्थानहरुमा क्वारेन्टाइन केन्द्र तोकिएको उपप्रमुख कार्कीले बताउँनुभयो ।
त्यस्तै पाख्रीवास नगरपालिकाले एक हजार ५ सय घरधुरीलाई ३० लाख बराबरको राहत वितरण गरेको जनाएको छ । जनप्रतिनिधिहरुको एक महिनाको सेवासुविधा वापतको रकम सहित नगरपालिकाका कर्मचारी र शिक्षकहरुको ५÷५ दिनको तलब वापत आउने रकम सहित २० लाख रकम जम्मा गरेर प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको नगर प्रमुख बृषबहादुर राईले बताउँनुभयो । सो नगरपालिकामा १० वेडको क्वारेन्टाईन केन्द्र स्थापना गरी थर्मगन सहितको हेल्पडेक्स स्थापना गरी कार्य अगाडी बढाएको प्रमुख राईले बताउँनभयो ।
यता चौबिसे गाउँपालिकाले पनि कोरोना भाइरसको सं,क्रमणको रो,कथामका लागि विभिन्न रचनात्मक कार्यहरु गरी रहेको जनाएको छ । गाउँपालिकाले १० वेडको क्वारेन्टाइन स्थापना गरेको छ । सो गाउँपालिकामा विदेशबाट आएका ३३ जना मध्ये स्वास्थ्य परिक्षण गरी २ जनालाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेनटाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउँनुभयो । गाउँपालिकाले लामो समयदेखिको लकडाउनलाई मध्यनजर गर्दै गरिब, विपन्न, मजदुर लगायत एक हजार १ सय घरधुरीको लागत संकलन गरेर राहत वितरणको तयारी गरिरहेको छ । गाउँपालिकाले कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु वडा–वडामा संचालन गर्नुको साथै स्वास्थ्यकर्मीहरुलाई ३० थान पिपिई उपलब्ध गराएको जनाएको छ । सो अभियानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चौबिसे गाउँ कमिटीले ३ हजार २ सय पिस माक्स गाउँपालिकालाई उपलब्ध गराएको अध्यक्ष राईले बताउँनुभयो । गाउँपालिकाको सिमाक्षेत्र ६ नम्बर बुधवारेमा हेल्पडेक्स स्थापना गरी एक हजार ५० जनाको स्वास्थ्य परिक्षण गरिएको जनाएको छ ।
साँगुरीगढी गाउँपालिकाले एक हजार ५० घरधुरीलाई १८ लाख बराबरको राहत वितरण गरेको छ । गाउँपालिकाले जनप्रतिनिधिहरुको १५ दिनको सेवासुविधा र कर्मचारीहरुको सरकारले तोके अनुसारको रकम सहित प्रकोप व्यवस्थापन कोषमा १८ लाख जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाले बताउँनुभयो । आपूर्ति सहजताको लागि अध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको र सो गाउँपालिका अन्तरगतका ३९ जना स्वास्थ्यकर्मीहरुलाई पिपिई वितरण गरिएको अध्यक्ष याखाले बताउँनुभयो ।
छथर जोरपाटी गाउँपालिकाले ६ सय ९१ घरधुरीलाई १० लाख ७४ हजार ९५ रुपैयाँ बराबरको राहत वितरण गरेको छ । गाउँपालिकाले १० वेडको क्वारेन्टाइन केन्द्र स्थापना गर्नुको साथै जनप्रतिनिधिहरुको १५ दिनको र कर्मचारीहरुको ३÷३ दिनको तलब सुविधा सहित २० लाख रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरी कार्य गरिरहेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताउँनुभयो । सो गाउँपालिकाले ७ वटा हेल्पडेक्स स्थापना, ३३ थान पिपिई वितरण, २ हजार थान माक्स वितरण, १४ स्थानमा हात धुने व्यावस्था लगायत गाउँपालिका अन्तरगतका हाटबजार क्षेत्रमा माइकिङ तथा जनचेतना मुलक कार्यक्रम गरी रहेको अध्यक्ष लिम्बूले बताउँनुभयो ।
त्यस्तै सहिदभूमि गाउँपालिकाले पनि कोरोना भाइरस विरु,द्धको अभियान व्यापक रुपमा संचालन गरी रहेको छ । लकडाउनको मारमा परेको विपन्न, गरिब लगायतका ४ सय ३९ घरधुरीलाई १४ लाख बराबरको राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउँनुभयो । २१ वेडको क्वारेन्टाईन केन्द्र स्थापना गरी विदेशबाट आएका १८ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिएको अध्यक्ष राईले बताउँनुभयो । सो गाउँपालिकामा एक जना भारतिय महिलालाई पनि क्वारेन्टाईनमा राखिएको छ । २२ थान पिपिई वितरण गर्नुको साथै थर्मगन सहित एउटा हेल्पडेक्स स्थापना गरिएको छ । उक्त अभियानलाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहिदभूमि गाउँ कमिटीले ४० क्वीन्टल चामल, २० कार्टुन तेल र २ सय ५० केजी नुन गाउँपालिकालाई सहयोग गरेको अध्यक्ष राईले बताउँनुभयो ।
पत्रकार सम्मेलनमा अहिलेको परिस्थिति भनेको कुनै जाति, धर्म, पार्टी लक्षित नभएको र सिंगो मानव जातिको अस्थित्वलाई कसरी बचाउने भन्ने अभियानमा भएकाले पार्टीले कोरोना भाइरसको नियन्त्रणको लागि गरेका हरेक सकारात्मक गतिविधिहरुलाई आम नागरिक सामु पु¥याउनको निम्ति सहयोग गर्न पत्रकारहरुलाई नेकपा धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख अर्जुन राईले आग्रह गर्नुभयो । सो अवसरमा प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य एवम् विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि प्रदेश सरकारले अहिलेसम्म गरेका पहल र प्रयत्नको विषयमा जानकारी गराउँदै सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।


