ग्रामिण क्षेत्रको अर्थतन्त्रमा समेत लकडाउनको असर

धनकुटा खबर, ६ बैशाख । विश्वभर फैलिएको कोरोना भाइसरको कारण नेपालमा चैत ११ गते देखि लकडाउन गरीएको छ । जसको असर अहिले ग्रामिण क्षेत्रमा समेत पर्न थालेको छ ।

ग्रामिण अर्थतन्त्र लाई चलयमान बनाउने ग्रामिण क्षेत्रमा लाग्ने साप्ताहिक र पाक्षिक रुपमा लाग्ने स्थानिय हाट बजार समेत ब,न्द भएका छन् जसको असर ग्रामिण क्षेत्रमा परेको हो ।

स्थानिय स्तरमा उत्पादन हुने बस्तु स्थानिय हाट बजारमा उत्पादक र उपभोतmा बिच सिधै खरिद विक्रि हुने गरेको थियो तर लकडाउनका कारण थोरै उत्पादन हुने स्थानिय बस्तु बिक्रिमा समस्या भएको छथरजोपाटी गाउँपालिकाकी गंगा लिम्बुले बताईन् । उनले भनिन्न “हप्तै पिच्छे उत्पादन हुने खेत बारीमा लगाएको तरकारी, कुखुराको अण्डा बनमा पाईने अन्य तरकारी, विभिन्न विभिन्न बनस्पितीका पात बेचेर आम्दानी हुदै आएको थियो तर यो लकडाउनले सबै खतम् बनायो ”। बजार नलाग्दा सानो तिनो व्यापार गर्नेहरु लाई समेत असर गरेको छ ।

धनकुटा नगरपालिकाका स्थानिय चन्द्रबहादुर राईले भने लकडाउन भन्दा पहिला गाउँघर गएर बोका, खसी , कुखुरा खरिद गरेर थोरै मुनाफ राखेर ठूला व्यापारी तथा अन्य उपभोक्तालाई बिक्रि गररे घर खर्च चलाईदै आएको थियो तर लम्बिदो लकडाउनले स,मस्या गरेको छ । य

ता उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला भित्र उत्पादन भएको फलफूत तथा तरकारी लाई बजारमा बिक्रि वितरण गरिने व्यावस्था मिलाईए पनि अन्य अर्थ तन्त्रलाई सहयोग गर्ने अन्य स्थानिय उत्पादनको बजारी करणमा भने ध्यान नपुगेको देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।