धनकुटामा पूर्ण स,तर्कता अपनाइएको छ – प्रजिअ विमली

धनकुटा खबर । कोरोना सं,क्रमणको मुख्य केन्द्र स्थान प्रदेश न १ को उदयपुर जिल्ला भएसंगै यससंग सिमा जोडिएको धनकुटामा समेत पूर्ण स,तर्कता अपनाईएको छ ।

उदयपुर जिल्लासंग सिमाना जोडिएको मैनामैनी पूर्ण रुपमा शिल गरिएको र भोजपुर जिल्लाले समेत नाका शिल गरेकोले धनकुटामा अहिले सम्म कोरोनाका कारणले उदयपुर जिल्लासंग सिमाना जोडिएकै कारणले ख,तरा नरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो “उदयपुरमा सं,क्रमण पुष्टी भएसंगै धनकुटाको नाका पूर्ण रुपमा शिल गरिएको छ प्रदेश सरकारले समेत उदयपुर जिल्लालाई शिल गर्ने निर्णय गरिसकेकोले त्यति ख,तरा नभए पनि सर्तक रहन भने आवश्यक छ ”।

धकुटाको प्रमुख नाकाको रुपमा रहेको भेडेटारबाट धनकुटा प्रवेश गर्ने सवारी साधनलाई सेनिटाइजर छर्केर मात्र प्रवेश गराउने भन्ने विषयमा सरोकारवालासंग सहमती भई सकेको र त्यसको लागि प्रकृया समेत अगाडी बढेको प्रमुख जिल्ला अधिकारी विमलीले जानकारी दिनु भयो ।

अहिले सम्म धनकुटा जिल्लामा सं,क्रमित नभेटीएको बताउँदै प्रमुख जिल्ला अधिकारीले दैनिक उपभोग्य बस्तुको अभावको अवस्था समेत नरहेको जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।