धनकुटाको ताजा तरकारी छिमेकी जिल्लाका बजारमा
धनकुटा खबर, वैशाख १२ । धनकुटामा उत्पादित ताजा हरियो तरकारी छिमेकी जिल्लाका बजारमा सहज रुपमा निर्यात हुन थालेको छ । धनकुटा उद्योग बाणिज्य संघ र स्थानीय तहको समन्वयमा यहाँ उत्पादित तरकारी जन्य सामाग्री छिमेकी जिल्लाहरुमा आजबाट निर्यात गर्न थालिएको संघले जनाएको छ ।
कोरोना भाईरसको संक्रमणवाट सर्तकता अपनाउन गरिएको लड डाउनको कारण यहाँ उत्पादन भएका आलु,हरियो मोटर कोसा,फुलकोपी,रायो साग लगायत ताजा तकारीहरु वाहिर निर्यात हुन छोडेपछि कृषकहरुको बारीमै कुहिन थालेपछि उद्योग बाणिज्य संघको समन्वय तथा पहलमा स्थानीय तह र स्थानीय प्रशासनको सहयोगमा जिल्लाकै विभिन्न बजार र वाह्य जिल्लाहरुमा निर्यात गर्न थालिएको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
यहाँ उत्पादित तरकारी निर्यातको वारेमा छिमेकी जिल्लाका जिल्ला तथा नगर उद्योग बाणिज्य संघ , त्यस क्षेत्रका तरकारी व्यापारी र अन्य सरोकारवाला निकाय संग पनि समन्वय गरिएको संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्गले वताउनुभ भयो ।

धनकुटाको स्थानीय बजार धनकुटा,हिले,मुलघा,ट सहित छिमेकी जिल्लाहरु सुनसरीको धरान,इटहरी,इनरुवा,झापाको दमक,बिर्तामोड,मोरंगको विराटनगर र पश्चिम तर्फ विरगंञ्ज सम्मका बजाहरुमा विशेष गरी धनकुटाको छथरजोरपाटीको सिधुवा,जोरपाटी,परेवादिन र महालक्ष्मी नगरपालिकाको मूर्तीढुंगा,मारेककटहरे लगायतका क्षेत्रमा उत्पादिन तरकारीहरु सहज रुपमा निर्यात गर्न थालेको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।
सिधुवा बजारबाट मात्र अहिले दैनिक १० देखी १५ गाडी ताजा हरियो तकारी छिमेकी जिल्ला तर्फ निर्यात हुन थालेको सिधुवा वहुउद्देश्यिय सहकारी संस्थाका व्यवस्थापक मेघेन्द्र गुरुङ्गले वताउनुभयो । लक डाउन अगाडी दैनिक ५० भन्दा बढी गाडीबाट तराईका विभिन्न जिल्ला र छिमेकी मुलुक भारत, बंगादेश तर्फ जाने गरेको उहाँको भनाई छ ।
अहिले कोरोना भाईरसको महामा,री बढ्दै गएकोले तकारी निर्यातलाई अझ व्यवस्थित र सुर,क्षित समेत बनाउन पर्ने र यसका लागि सवैले सहयोग गर्नु पर्ने व्यवस्थापक गुरुङ्गले वताउनुभएको भएको छ ।


