धनकुटामा उद्योग बाणिज्य संघका अध्यक्ष र उपाध्यक्षले पनि घर भाडा मि,नाहा गरिदिए

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष सहित धनकुटा र हिलेबजारका एक दर्जन भन्दा बढी घर धनीहरुले लकडाउन अबधीको घर भाडा मिनाहा गरेका छन् ।

कोराना भाईरसलाई नि,यन्त्रण गर्न सरकारले लगाएको लक डाउनको कारण व्यापार, व्यावसाय बन्द भई व्यावसायीहरुलाई ठूलो आर्थिक संं,कट भएको भन्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा नगरपालिका वडा नं. ५ धरहरा चौकको घरमा व्यपारीहरुले संचालन गरेको किराना पसल र होटलको भाडा मिनाहा गरेको बताउनु भयो ।

यसैगरी धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले हिले बजारको घरमा रहेको न्यू जेनिस टेर्लसलाई लक डाउनभरको घर भाडा मिनाहा गर्नू भएको छ । धनकुटा जिल्ला भरीका सवै बजार क्षेत्रका घर धनीहरुलाई व्यापारी र व्यावसायीहरुलाई लकडाउन अवधिभरको छुट गरिदिन हुन आग्रह गरीएको र जस अनुसार अहिले घर भाडा मिनाहा गर्ने घर धनीको संख्या समेत हिले र धनकुटा सदरमुकाममा वढ्दै गएको अध्यक्ष राई जानकारी दिनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरसलाई नि,यन्त्रण गर्न सरकारले लगाएको लक डाउनका कारण व्यापार व्यावसाय ब,न्द भएका कारण व्यावसायीहरुलाई ठूलो सं,कट भएकाले घर धनीलाई घर भाडा मिनाहा गरीदिन र व्यापारी, व्यावसायी र उद्योगीहरुलाई बैकको ऋणको व्याज छुट गरी दिन हुन बैक लगायत सवै वित्तिय संस्थाहरुलाई लकडाउन शुरु भए पछि नै आग्रह गरेको समेत राईले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।