धनकुटाको पाख्रीवासमा ३७ वटा योजनाको काम सम्पन्न

धनकुटा खबर, वैशाख १८ । धनकुटाको पाख्रीवास नगरपालिकामा सञ्चालित नगर स्तरिय योजनाहरु मध्ये ३७ वटा योजनाको काम सम्पन्न भएका छन् । चालु आर्थिक वर्षको ५५ वटा नगर स्तरिय योजना मध्ये उल्लेखित संख्याका योजनाको काम पूरा भएको नगरको योजना शाखाले जनाएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को सं,क्रमण नि,यन्त्र,णका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा सामाजिक दूरी कायम गरि अन्य दूई वटा योजनाको काम चालु रहेको योजना शाखा अधिकृत संगिता पोखरेलले वताउनुभयो ।

त्यस्तैगरी १ सय ५८ वटा वडा स्तरिय योजनाहरु मध्ये ९६ वटा योजनाको पनि काम पूरा भएको छ भने १५ वटा योजनाको काम जारी रहेको जनाईएको छ । यता संषद विकास कोषवाट सञ्चालित ११ वटा योजनाको काम सम्झौता भई चालु रहेको योजना शाखा अधिकृत पोखरेलले वताउनुभयो ।

नगरवाट सञ्चालित बाँकी तालिम, गोष्ठि जस्ता कार्यक्रमहरु यस वर्ष सञ्चालन नहुने उहाँले वताउनुभयो । यी कार्यक्रमका लागि विनियोजित वजेट कोरोना राहत कोषमा जम्मा गर्ने तयारी गरिएको पनि उहाँले वताउनुभयो । विषयगत शाखावाट सञ्चालित योजनाहरुको काम पनि जारी रहेको उहाँको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।