धनकुटाको जितपुरमा स्वास्थ्य सामाग्री वितरण गर्दै बजार अनुगमन
धनकुटा खबर, बैशाख २० । धनकुटाको महालमक्ष्मी नगरपालिकाको जितपुरबजारमा धनकुटा उद्योग बाणिज्य संघले व्यापारी तथा उपभोक्ताहरुलाई सुरक्षित एवं स्वास्थ्य सामाग्री वितरण गर्दै बजार अनुगमन गरेको छ ।
दैनिक उपभोग्य समाग्रीहरुको निर्यात, आर्यात र मौजाद तथा मूल्यको अवस्था लगायत विविध बिषयमा जितपुर बजारको अनुगमन गर्दै माश्क, सेनिटाईजर, पञ्जा लगायतका समाग्री वितरण गरेको उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राई,कार्यकारी सदस्यहरु निविन श्रेष्ठ,महेन्द्र थापा,नेपाल निर्माण व्यावासायी संघ धनकुटका जिल्ला उपाध्यक्ष प्रकाश राई ,सञ्चारकर्मी सहितको टोलीले जितपुर बजारका व्यपारी व्यावसायी र उपभोक्ताहरुलाई मास्क,सेनिटाईजर,पञ्जा वितरण गरेका थिए ।

बजार अनुगमनको क्रममा पसलमा मुल्य सूची अनिवार्य राख्न,माश्क अनिवार्य लगाउन र हात सेनिटाईजर वा साुवन पानीले वाम्वरा धुन ,सामान विक्रि वितरण गर्दा सामाजिक दुरी कायम गर्न, म्याद सकिएका,अखाद्य वस्तुहरु विक्रि वितरण नर्गन,पैसा गन्दा थुकको साट्टो सेनिटाईजरको प्रयोग गर्न समेत व्यापारी तथा व्यावसायीहरुलाई अनुरोध गरिएको छ ।
सोही अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालसंग धनकुटा उद्योग बाणिज्य संघको टोलीले कोरोना भाईरस विरुद्धको अभियान र महालक्ष्मी नगरपालिकाको बजार क्षेत्रमा दैनिक उपभोग्य समाग्रीको आर्यात, निर्यातको विषयमा छलफल एवम् परामर्श समेत गरेको छ ।
छलफलमा नगर प्रमुख नेपालले अहिले सो नगरपालिका क्षेत्रमा दैनिक उभोग्य तथा अत्यावाश्यक समाग्रीहरु प¥याप्त रहेकोले कुनै समस्या नभएको जानकारी गराउनु भयो भने उद्योग बाणिज्य संघका अध्यक्ष राईले दैनिक उपभोग्य सामाग्रीहरु आर्यात र निर्यात लगायत अन्य विषयहरुमा धनकुटा उद्योग बाणिज्य संघले सहयोग गर्ने वताउनु भयो ।
उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष राईले केही माश्क, सेनिटाईजर, पञ्जा र हेण्ड वास महालक्ष्मी नगरपालिका कार्यालयलाई समेत प्रदान गरिएको संघले जनाएको छ ।


